कालिका क्याम्पस बुटवलको चौंथो सभा बाट संचालक समिति अध्यक्षमा होम बहादुर गलामी निर्वाचित
विनोद खनाल । बुटवल । बुटवल कालिका क्याम्पसको चौंथो क्याम्पस सभा सम्पन्न भएको छ। शनिवार बुटवल १० रामनगर मा नव निर्मित आफ्नै सभाहलमा सभा सम्पन्न भएको हो । त्रिभुवन विश्वविद्यालयका रजिस्टार डाक्टर शिवलाल भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले क्याम्पसको प्रगति प्रतिबेदन पारित गर्नुका साथै नयाँ संचालक समिति समेत निर्बाचित गरेको छ ।
संचालक समितिको अध्यक्षमा होम बहादुर गलामी, उपाध्यक्षमा नित्यानन्द ज्ञवाली, कोषाध्यक्षमा नन्दु काउचा एवं सदस्य सचिवमा घनस्याम पाठक र सदस्यहरुमा युवराज तिवारी, दिनेश थापा, कृष्ण प्रसाद पाण्डे, यमुना काउचा, अनिल प्रसाद श्रेष्ठ, सन्दिपा अस्लामी निर्वाचित भएका छन।क्याम्पस सभा उदघाटन गर्दै रजिष्टार शिबलाल भुषालले सामुदायिक क्याम्पसको बिकास बिना नेपालको उच्च शिक्षाको गुणस्तर सुधार गर्न नसकिने बताएका छन । उनले त्रिभुवन विस्वबिद्यालयबाट पहिलोपटक सामुदायीक क्याम्पसक...