
देशका विभिन्न ठाउँमा सडक दुर्घटना हुदा ३ काे मृत्यु २ जना घाइते
पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ रमवापुरमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु भएको छ । सुनवल नगरपालिका १० का २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कुँवरको मृत्यु भएको हो । गए राति साढे १२ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिंदा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा राति साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका-८ बैजनाथपुरमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । गौर-चपुर सडकखण्डमा ना ५३ प ६११२ नम्बरको मोटरसाइकल र ना ४...