Wednesday, September 27News That Matters

स्वस्थ्य

नरेन्द्रको यस्तो अवस्था, जीवन बचाउन अपिल

नरेन्द्रको यस्तो अवस्था, जीवन बचाउन अपिल

Breaking news 1, स्वस्थ्य
प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर -७ तुषारा काप्रेखोला निवासी ३५ बर्षका नरेन्द्रबहादुर जि.सी. कलकलाउँदो युवा उमेरमा आफ्नो दुबै मृगौलामा समस्या आएपछि गम्भीर अवस्थामा पुगेका छन् । उपचार गर्न आफ्नो आर्थिक अवस्थाले नसक्ने भएपछि जीवन बचाईदिन सबै सहयोगी महानुभावसंग अनुरोध गरेका छन् । आर्थिक अवस्था निकै कमजोर भएका नरेन्द्रको ३ वर्ष पहिले मात्रै टिचिङ हस्पिटल काठमाण्डौंमा दुबै मृगौलामा खराबी आएको पत्ता लागेको थियो । वैदेशिक रोजगारीका शिलशिलामा साउदी अरब गएका बेला उनी विदेशबाटै बिरामी भएर स्वदेश फर्किएका थिए । विदेशमा खासै राम्रो उपचार नभएपछि उनी नेपाल फर्किएर काठमाण्डौं स्थित टिचिङ हस्पिटलमा उपचार गराउँदा त्यहाँ रोग पत्ता लागेको उनले बताए । डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । उपचारकै क्रममा आफुसँग भएको सम्पुर्ण सम्पत्ति सकिएकोले उपचारमा निकै समस्या भएको जि.सी.ले बताउका छन...
तिलाेत्तमामा रोट्र्याक्ट कोटिहवाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

तिलाेत्तमामा रोट्र्याक्ट कोटिहवाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Breaking news 1, समाचार, स्वस्थ्य
रोट्र्याक्ट क्लव अफ कोटिहवा रुपन्देहीले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सो शिविरबाट ३ सय ६८ जना वृद्धवद्धा तथा युवा-युवती लाभान्वीत भएका छन् । वृद्ध वृद्धा तथा युवाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सचेतना फैलाउने उद्येश्यले तिलोत्तमा नगरपालिका र रोट्र्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीको सहयोगमा तिलोत्तमा नगरपालिका वडा नं १६ कोटिहवास्थित श्री पशुपति कलेजमा शिविरको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले स्वास्थ्य जस्तो नैसर्गिक अधिकार सबै नागरिकको पहुँचमा ल्याउन यस्ता सामाजिक संघ संस्थाको महत्वपूणर् भूमिका रहेको बताए । उनले राज्यको सिमित स्रोत र साधनले मात्र सबै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन कार्य भएको पनि बताए । तिलोत्तमा नगरपालिकामा र...
शिवराज खेल महोत्सव अन्तर्गत महिला पुरुष दुबै फुटबल उपाधि वडा नम्बर १ लाई

शिवराज खेल महोत्सव अन्तर्गत महिला पुरुष दुबै फुटबल उपाधि वडा नम्बर १ लाई

खेलकुद, ताजा अपडेट, स्थानीय, स्वस्थ्य
कपिलवस्तुको शिवराज नगरपालिकाे आयाेजामा संचालन भएकाे खेल महोत्सव अन्तर्गत वडा स्तरिय फुटबल प्रतियोगिता आज सम्पन्न भएका छन् । ‘समृद्ध नगर सुखी नगर बासी स्थिर र दिगो विकासको गति, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ’भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको छ ।आज सम्पन्न फुटबल प्रतियोगितामा महिला तथा पुरुष दुबै तर्फकाे उपाधि वडा नम्बर १ ले जितेकाे छ । हिजाे सम्पन्न महिला फुटबल प्रतियोगितामा वडा नम्बर ५ लाई १:० गाेल अन्तरले हराउँदै वडा नम्बर एकले याे बर्ष पनि उपाधि जित्दै लगातार चाैँथाे पटक उपाधि रक्षा गरेकाे छ । पुरुष तर्फ भने पहिलाे पटक उपाधि जित्न सफल भएकाे हाे । आज सम्पन्न फाईनल खेलमा वडा नम्बर ९ बिरुद्ध २:१ काे गाेल अन्तरले हराउदै पहिलो पटक वाडा १ ले उपाधि कब्जा गरेकाे हाे । वडा नम्बर ९ ले आफ्नाे अग्रता जाेगाउन नसक्दा उपविजेता चित्त बुझाउन बाध्य बन्याे । त्यस्तै आजै भएकाे व...
शिवराजमा खेल महोत्सव आज देखि सुरु,१५ सय खेलाडीकाे सहभागिता महाेत्सव १२ गते सम्म चल्ने

शिवराजमा खेल महोत्सव आज देखि सुरु,१५ सय खेलाडीकाे सहभागिता महाेत्सव १२ गते सम्म चल्ने

Breaking news 1, खेलकुद, ताजा अपडेट, प्रदेश 5, शिक्षा, समाचार, स्थानीय, स्वस्थ्य
कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा खेल महोत्सव सुरु भएको छ । ‘समृद्ध नगर सुखी नगर बासी स्थिर र दिगो विकासको गति, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ’भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको छ ।महाेत्सवकाे एक कार्यक्रम गरि आज राष्ट्रिय माविकाे खेल मैदान चन्द्राैटामा उद्घाटन गरिएकाे छ । उद्घाटन कार्यक्रममा नगर भित्रका विभिन्न बिद्यालय, क्याम्पस का साथै सम्पुर्ण वडाका विभिन्न झाँकि र्यालि तथा स्थानिय निर्त्य प्रस्तुत गरिएकाे थियाे । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के सि ले शिक्षा स्वास्थ्य सँग जोडिएको खेल क्षेत्रले ठाउँ चिनाउने हुदा शिवराजलाई चिनाउन खेल महोत्सवले सहयोग पुग्ने बताउनुभयो । खेल र खेलाडी राष्ट्रका गहना भएको भन्दै खेलाडीहरूको क्षमता विकासमा प्राथमिकता दिनु पर्ने बताउनुभयो । नगरले प्रत्येक वर्ष खेल महोत्सव आयोजना गरे...
डाेल्पाका मनकारी वडा अध्यक्ष , निमुखा, गरिब दुखिका भगवान, बिरामी लिएर आफै पुग्छन् देशका विभिन्न हस्पिटल

डाेल्पाका मनकारी वडा अध्यक्ष , निमुखा, गरिब दुखिका भगवान, बिरामी लिएर आफै पुग्छन् देशका विभिन्न हस्पिटल

Breaking news 1, आर्थिक, ताजा अपडेट, प्रदेश 6, राजनीति, शिक्षा, समाचार, स्थानीय, स्वस्थ्य
कर्णाली प्रदेश त्यसमा पनि डाेल्पा जिल्ला भाैगाेलिक हिसाबले अत्यन्तै बिकट र दुर्गम छ । त्यहाँ जन्तालाई सामन्य स्वास्थ सेवा लिन पनि घण्टाै पदैल यात्रा गर्नु पर्छ । जटिल राेगकाे उपचारका लागि कि त नेपालगन्ज, सुर्खेत वा काठमाडौंमा पेलेन वा हेलिकप्टरकाे माध्यम बाट जानू पर्ने बाध्यता छ । सडक संजालले छाेए पनि अप्ठ्यारो बाटाे र बिचमा नदिकाे समस्या र लामाे यात्राका कारण पेल वा हेलिकप्टर बाट नै उपचारको लागि सहर जानू पर्छ । त्यस ठाउँका प्रायः जन्ताहरुकाे आर्थिक अवस्था पनि निकै कम्जोर छ । पैषा अभाव कै कारण त्यहाँ बिरामीहरुले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता छ । महङ्गो पेलेन भाडा र त्यसमा पनि समयमा पेलेन नपाउनु हेलिकप्टर चाटर गर्दा निकै महङ्गो पर्ने यी कारणले बिरामिहरु राेग पालेर बस्छ कि त अकालमा नै मृत्य हुन्छ । केन्द्रीय सरकारकाे प्राथमिकतामा नपर्नु वा प्रदेशले पनि स्वास्थ्य क्षेत्र उल्लेखनीय लगान...
नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

Breaking news 1, ताजा अपडेट, शिक्षा, समाचार, स्वस्थ्य
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिनु भएकाे छ ।६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभ सहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।दुवैजना अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा देखिएको कोरोनाको बी.१.१.५२९ भेरिएन्टलाई २६ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले ‘भेरिएन्ट अफ कन्सर्न’ भन्दै ओमि...
कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप संचालनमा

कपिलवस्तुमा आजदेखि हैजा विरुद्धको खोप संचालनमा

Breaking news 1, ताजा अपडेट, प्रदेश 5, राजनीति, समाचार, स्थानीय, स्वस्थ्य
कपिलबस्तु जिल्लामा हैजा फैलिएको डेढ महिनापछि बल्ल हैजाविरुद्धको खोप सुरु गरिएको छ । हैजाविरुद्धको खोप मंसिर ५ अर्थात् आजदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो खोप दुई चरणको हुने जनाइएको छ । मन्त्रालयका अनुसार पहिलो मात्रा लिएको १५ दिनपछि दोस्रो मात्रा सुरु गरिनेछ । यो खोप अभियान कपिलवस्तु जिल्लाको हैजा प्रकोप देखिएका ६ वटा स्थानीय तहमा सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । कपिलबस्तुका शिवराज, कृष्णनगर, यशोधरा, महाराजगञ्ज र विजयनगरका सबै वडाका खोप केन्द्रमा निःशुल्क रुपमा खोप उपलब्ध हुनेछ । यो खोप एक वर्ष माथिका सबै उमेर समूहका नागरिकलाई दिइनेछ ।हैजाविरुद्धको खोप एक वर्ष मुनिका बालबालिका, पखाला लागेका र ज्वरो आएका व्यक्तिले लिन नहुने विज्ञको भनाइ छ । हैजाविरुद्धको खोप पहिलो मात्रा लिएपछि कुनै प्रतिक्रिया देखिएमा दोस्रो मात्रा...
काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

Breaking news 1, अन्तर्राष्ट्रिय, आर्थिक, कृषि, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, प्रदेश 3, प्रदेश 4, प्रदेश 5, प्रदेश 6, प्रदेश 7, ब्यापार, मनोरञ्जन, राजनीति, राशिफल, शिक्षा, समाचार, स्थानीय, स्वस्थ्य
काबुल, ९ भदौ । अफगानिस्तानमा तालिवानले सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जान र महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । पश्चिमा फौजसँगै देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै तालिवानले बुधबार आफ्ना नागरिकलाई यस्ता प्रतिबन्ध लगाएको हो ।   तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले राजधानी काबुलमा आयोजित एक पत्रकार सम्मेलनमा आफ्ना नागरिकमाथि विभिन्न प्रतिबन्धको घोषणा गर्दै ती प्रतिबन्ध उल्लंङघन गरे कारबाही गरिने समेत धम्की दिएका छन् । ‘सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जाने बाटो बन्द छ । आदेश उल्लंङघन गर्नेमाथि कडा कारबाही हुन्छ ,’ प्रवत्ता मुजाहिदले भने ।  महिलामाथि हुन सक्ने दुव्र्यबहारका कारण घर भित्र बस्न बाध्य पारिएको  तालिवान प्रवत्ताको दाबी विमानस्थलमा पुगेका अफगानीलाई पनि तत्काल फर्कन उनले आग्रह गरे । ‘विदेशी फौजसँगै विमानस्थलमा पुगेका अफगानीलाई तुरुन्त घर फर्कन...
नेकपा एमाले समाजवादी दर्ता गर्दै माधब नेपाल !

नेकपा एमाले समाजवादी दर्ता गर्दै माधब नेपाल !

अन्तर्राष्ट्रिय, आर्थिक, कृषि, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, प्रदेश 3, प्रदेश 4, प्रदेश 5, प्रदेश 6, प्रदेश 7, ब्यापार, मनोरञ्जन, राजनीति, राशिफल, शिक्षा, समाचार, स्थानीय, स्वस्थ्य
काठमाडौं, २ भदौ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष सिफारिश गरेको छ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेकी छन । राष्ट्रपतिले अध्यादेश जारी गरे लगतै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ । आज थप केही साथीहरु पनि आउनुहुन्छ,’ उनले भने, ‘अध्यादेश आएपछि दल दर्ता गर्छौं ।’ नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ । अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको भन्दै ती केन्द्रीय सदस्य भन्छन्, नेकपा एमाले समाजवादी नै फाइनल होला ।’ नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल ...
चट्याङ लागेर बारामा एकको मृत्यु, दुई जना घाइते

चट्याङ लागेर बारामा एकको मृत्यु, दुई जना घाइते

अन्तर्राष्ट्रिय, आर्थिक, कृषि, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, प्रदेश 3, प्रदेश 4, प्रदेश 5, प्रदेश 6, प्रदेश 7, ब्यापार, मनोरञ्जन, राजनीति, राशिफल, शिक्षा, समाचार, स्थानीय, स्वस्थ्य
बारामा आज बुधबार साँझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर जितपुर सिमरा उपमहानगरपालिका–२० बसडिलवाका २८ वर्षीय विजय यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिए । त्यस्तै चट्याङ लागेर सिमराका सहमुदिन अन्सारी र शान्ति देवी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको वीरगञ्जमा उपचार भइरहेको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? ...