
काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध
Breaking news 1, अन्तर्राष्ट्रिय, आर्थिक, कृषि, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, प्रदेश 3, प्रदेश 4, प्रदेश 5, प्रदेश 6, प्रदेश 7, ब्यापार, मनोरञ्जन, राजनीति, राशिफल, शिक्षा, समाचार, स्थानीय, स्वस्थ्य
काबुल, ९ भदौ । अफगानिस्तानमा तालिवानले सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जान र महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । पश्चिमा फौजसँगै देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै तालिवानले बुधबार आफ्ना नागरिकलाई यस्ता प्रतिबन्ध लगाएको हो ।
तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले राजधानी काबुलमा आयोजित एक पत्रकार सम्मेलनमा आफ्ना नागरिकमाथि विभिन्न प्रतिबन्धको घोषणा गर्दै ती प्रतिबन्ध उल्लंङघन गरे कारबाही गरिने समेत धम्की दिएका छन् । ‘सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जाने बाटो बन्द छ । आदेश उल्लंङघन गर्नेमाथि कडा कारबाही हुन्छ ,’ प्रवत्ता मुजाहिदले भने ।
महिलामाथि हुन सक्ने दुव्र्यबहारका कारण घर भित्र बस्न बाध्य पारिएको तालिवान प्रवत्ताको दाबी
विमानस्थलमा पुगेका अफगानीलाई पनि तत्काल फर्कन उनले आग्रह गरे । ‘विदेशी फौजसँगै विमानस्थलमा पुगेका अफगानीलाई तुरुन्त घर फर्कन...