Saturday, April 20News That Matters

कांग्रेस महाधिवेशनको आर्थिक समितिमा सदस्यहरु तोकिए

नेपाली काङ्ग्रेसले आसन्न १४ आैँ महाधिवेशनका लागि आर्थिक समिति विस्तार गरेको छ । यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की संयोजक तोकिए पनि सदस्यहरु तोकिएको थिएन ।

सभापति शेरबहादुर देउवाले आर्थिक समितिको सदस्यमा उमेश श्रेष्ठ, दीपक खड्का, जीपछिरिङ लामा, मोहन आचार्य, इन्द्र बाँनिया, अनिल रुगटा, महेश जाजु, विरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डेलाई ताेक्नु भएकाे छ ।

त्यस्तै सल्लाहकारहरुमा दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी, विनोद चौधरी र पाल्तेन गुरुङ रहेका नेपाली कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *