Saturday, April 20News That Matters

काङ्ग्रेस प्युठान अधिबेशनमा गाेलि चल्याे सात जना घाइते , सभापतिमा बिष्णु कुमार गिरीकाे जित

नेपाली नेपाली काङ्ग्रेस १४ औं महादिवेशन अन्तर्गत प्युठानको जिल्ला जिल्लाकाे अधिबेशन आज स्वर्गद्वारी क्याम्पस पुण्यखाेलामा भैरहेको छ । अहिले अधिबेशन स्थलमा तनाब ग्रस्त स्थित छ । कार्यकर्ता र प्रहरी बिच झगडा हुदा प्रहरीले गाेलि चलाएकाे छ। अन्य सम्पुर्ण पदाधिकारी र जिल्ला सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् । सभापतिमा भने चुनाब भएकाे थियाे । सभापतिमा स्थापन पक्षबाट नाैबहिनी गाउँ पालिकाका अध्यक्ष समेत रहेका शिव रिजाल र स्थापन पक्षकाे बिरुद्धमा गाैमुखि गाउँपालिका अध्यक्ष बिस्नु कुमार गिरि बिच चुनावी प्रतिस्पर्धा भएकाे थियाे । आज दिउँसो जिल्ला सभापति का लागि मतदान भएकाे थियाे भने मतगणना पनि आजै साझ सरु गरि अहिले अन्तिम मत परिणाम पनि आईसकेकाे छ। जिल्लाका १०६५ प्रतिनिधिहरुले मतदानमा सहभागी भएका थिए । अन्तिम मत परिणाम आउने बेला गाेलि चलेकाे अधिबेशन स्थल बाट जानकारी प्राप्त भएकाे छ। एक हजार मत परिणाम आउदा बिस्नु कुमार गरि अर्का सभापतिका उमेदवार शिव रिजाल भन्दा ६६ मतले अगाडि हुनुहुन्छ । उहाँले ५२९ मत प्राप्त गर्नु भएकाे छ भने शिव रिजाल ४६३ मत प्राप्त गर्नु भएकाे छ । बाकि सबै मत शिव रिजाल पाए पनि बिष्णु कुमार गिरिले १ मतकाे अन्तरले जित्ने निश्चित छ । अहिले अधिबेशन स्थलमा तनाब ग्रस्त स्थिति रहेकाे । प्रहरी र काङ्ग्रेस कार्यकर्ता बिच झगडा हुदा प्रहरीले गाेलि चलाएकाे छ । गाेलि चल्दा प्रहरी सहित सात जना घाइते भएकाे जानकारी प्राप्त भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
2
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *