केपी बा लालसलाम ।
तपाईको सु–स्वास्थको कामना गर्दछु ।
विशेष पत्राचार गर्नुको कारण : यहाँको चलिरहेको महाधिबेशन उद्वघाटन र बन्दसत्र सफलताको शुभकामना दिन दिन चाहान्छु ।
यस सन्दर्भमा म र मेरा सहयौद्वाहरुलाई सम्झिनु भयो , आभारी नै छौ तथापि हामी पुर्व लडाकु (तपाईकै शब्द सापटी) घाईते, अपाङ्गलाई तपाईको नेतृत्वको पार्टीले जिम्मेवारी लिएर हरेक समस्या समाधान गर्ने आफ्नो सुभेक्षा प्रकट गर्नुभयो प्रसंग बस वा संयोग पटक–पटक आह्वान गरिरहँदा अपमानित भएको महसुस गरेको छु ।
तपाईंको जेल जीवन र त्यो आस्था । पुर्व जनमुक्तिसेनाको त्याग,समर्पण र बलिदान सायद कौडि र किलो मै फरक पर्छ । तपाईले भन्ने गरेको १४ बर्षे जेल जीवनको त्यागको नाफा जहाँ नाप्दै हुनुहुन्छ, कौडिमा ! तपाईकै शव्दमा लडाकु , जनमुक्ति सेनाहरुको त्यो भन्दा बिरताको सयौ गाथाले यो परिर्वतन संम्भव भएर नै तपाईं गणतान्त्रिक नेपालको तीन–तीन पटक प्रधानमन्त्री बन्नुभएको हो कमरेड ! तर जो धरातल बाट र मञ्चबाट भाषण भ्रम दिदै हुनुहुन्छ , अलिकति नि लाज छैन र केपि बा ?
जनमुक्ति सेना र जनयुद्व एक ईतिहास हो । जसले राजनैतिक, सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा बिभेदमा पारिएको हरेक क्षेत्रहरुकाको बिद्रोह हो । त्यो संगठित बिद्रोह मार्फत सदियौ देखिको शोषण,अन्याय र दमनहरुको सामाना गरेर तत्तकालिन राजा अर्थात राजतन्त्र फाल्ने हरुको हैसियत र आस्थामाथी दिन दहाडै धावा वोल्ने केपी बा तिमी को हौ र ?
एउटा साधारण मानिसको घाँटी रेटेर १४ बर्ष जेल बसे भनेर फुर्ति लाएँ जस्तै हो र जनमुक्ति सेना ? मेशिन गन सँग “मुक्ति र मृत्यु” को कसम खाएका योद्वाहरुलाई नारायणी मञ्चबाट आह्वान गर्दैमा उपचार खर्च जोहो गर्छु भन्दैमा यत्ति सहानुभुतिले पुग्ने बिचारको हो र जनमुक्ति सेना ?
आमूल परिवर्तनका खातिर हजारौ यौद्वाहरुले बलिदान दिएर आफ्नो जीवनलाई अंगभगं गरेर जनताको भावनालाई सम्मान गर्दै बृहत् शान्ति सम्झौताको मुल मर्म र स्प्रिडलाई पकडेको पुर्व जनमुक्ति सेनालाई लेभर कन्ट्याक वा भाडाका सिपाही जत्तिको हैसियत दिएर जुन अपमानित शब्दले सम्बोधन गरिरहनु भा छ कमरेड ।
यसले त तपाईको पार्टी र तपाईको नेतृत्वको हैसियत उदाङ्गो मात्रै पारिदिएको छ । हामीलाई थाहा छ , बा को पार्टीमा समाहित भएका केहि पुर्व जनमुक्तिसेनाले रिपोर्ट गरेका छन् । बा तपाईले सार्वजनिक आह्वान दिनुहोला प्रभाव पर्नेवाला छ । भनेका भरमा ! तर तपाईं भन्दै हुनुहुन्छ लडाकु ?
उनै हिजो एउटै थालिमा भात खाएर, एउटै झोला बोकेर एउटै बाटो हिडेर विश्राम लिदाका केही नकचरा तर आदेश पालक सहपाठी वा सहयोद्वाहरुको रिपोर्ट छ, यता त भ्रम मात्रै रहेछ , हामी त फस्यौ ? न त जनवाद न त केन्द्रियता कुनै स्वादको संगठन र आचरण, न बिचार बहस “ने.क.पा. एमाले पार्टी सके बा ले” भन्ने उखान नै छ उनै बन्दसत्रे साथिहरुको भनाई हो यो ।
भनेपछि त्यो अवस्थामा रहेका बन्दसत्रका साथीहरु नै निराशामा छन् भने आफ्नै भित्रका खाटी एमाले रावल र भुसाल जस्ताको घाउँमा महलमपट्टि बाध्नु भन्दा को अलावा थप घाउँ बल्झाउनु नपर्ला कि केपी बा ?
मैले देखेको बैचारिक रुपले सकिएको रामसिता हनुमानेवाद सँग गठजोड चल्ने तर माक्र्सवाद, लेनिनवाद उच्चारण गर्न लजाउने बा सँग मालेमावादी बिचारले लेँस जनमुक्तिसेनालाई माया र सद्वभाव देखाउनु लज्जास्पद नै हुन्छ । हुन त तपाईं सबै प्रकारका गहन कुराहरुमा मजाक गर्ने कमेडी बा लाई कमेडियन शैलीमा तनाव मेन्सनको एउटा झुर दिमागलाई फ्रेस बनाउन नि जनमुक्तिसेनाको सद्वभाव छ । अनि माया छ । त्यो बाहेक अन्यथा आशा गर्नु र भ्रममा पर्नु शिवाय अरु हुदैन – के पी बा ?
हामीलाई थाहा छ बा ? बृहत् शान्ति सझौता अनुसार द्वन्द्वरत पक्ष बिच मेलमिलाप गर्न नदिने को ? केपी बा , लडाकुहरुको घाईते उपचार खर्च कटौती गर्ने को केपी बा ? , बहिर्गमन सेना साथीहरुको अलिकति खर्च आउने सुबिधा रोक्ने को केपी बा ? लडाकु त लडाकु कुहिएको फर्सी भनेर अपमानित गर्ने को केपी बा ? यसकारणले मोहित र मख्ख हुने धेरै उदाहरण बिच गहिरो सम्बन्ध चिनजान छ केपी बा ।
यस मार्मिक अनि गहिरो परिचयका बिच पनि बेला बखत सम्झनुहुन्छ , तपाईको नाटकिय माया र सद्वभाव प्रति हामीलाई गिज्याँए जस्तो लाग्छ , होच्याए झै लाग्छ , कता–कता लखेटी रहेझैँ लाग्छ र सुकेको घाउ फेरि कोट्याएर आलो घाउ बनाए जस्तै लाग्छ , कृपया “वी लभ यु” युवतिहरुका बा ।
मैले नि तपाईलाई बा भनेर संयममित तरिकावाट नै धेरै कुरामा पत्राचार गरौ लागेको थियो । कसैको “हात छुच्चो र कसैको मुख छुच्चो” भने झै तपाईले गरेको सस्तो लडाकु अपमान भाषण र मैले लेखेको बाध्यात्मक पत्राचार भित्र अब देखिन गहिरो सम्बन्ध नबनोस् यही आशा गर्दछु ।
धन्यवाद
पुर्व जनमुक्ति सेना नेपाल बिर्गेड कमाण्डर
टक बहादुर घर्ति ’मुनाल

Excellent post. I was checking constantly this blog and I’m impressed!
Very helpful information specifically the last part 🙂 I care for such information a lot.
I was looking for this certain info for a very long time.
Thank you and good luck.
Bel article, je l’ai partagé avec mes amis.
I am in fact pleased to glance at this web site posts which consists of plenty of useful facts, thanks for providing these kinds of information.
Hi there, i read your blog occasionally and i own a similar one and i was
just wondering if you get a lot of spam feedback? If so how do you prevent it, any plugin or anything you can recommend?
I get so much lately it’s driving me mad so any assistance is very much
appreciated.