Saturday, April 20News That Matters

सुनाैलाे टिभी द्वारा संचारकर्मि राेजेन्द्र राउत सम्मानित

सुनौलो सञ्चार प्रा.लिद्वारा सञ्चालित सुनौलो टेलिभिजनद्वारा एक कार्यक्रम आयोजना गरि संचारकर्मि राजेन्द्र राउत क्षेत्रीलाई सम्मान गरीएको छ । राउत देशमा तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा भुमिगत भई जनमुक्ति सेना नेपालको कमान्डर समेत हुनु हुन्थ्याे ।

टिभिको स्थापना कालदेखि अहिलेसम्म पुर्याउनु भएकाे योगदानको उच्च कदर गर्दै पत्रकारिता संगै राजनैतिक जीवन उज्ज्वल रहोस भन्दै झुलेनी यूनाइटेड नेटवर्कको प्राङगण प्युठानमा सम्मान कार्यक्रम गर्दै सुनौलो टेलिभिजनले नगद सहित सम्मान पत्र प्रदान गरी सम्मान गरेकाे छ ।

सुनौलो टिभीले १० वर्षे जनयुद्धकालमा भएका घटनाक्रमका अनुभव तथा अन्य राजनैतिक आन्दोलनका साथै विश्वमा भएका विभिन्न राजनैतिक तथा सामाजिकआर्थिक घटना बारेमा सम्बन्धि व्यक्ति वा जानकार संग कुराकानी गर्दै आम दर्शक स्रोत समक्ष जानकारी दिदै आईरहेको छ । सन् २०२० बाट उत्कृष्ट अतिथि छनोट गरि सुनौलो टिभिले सम्मान गर्दै आएको छ । २०२० मा बिमलराज खत्रीलाई सम्मान गरिएको थियो भने २०२१ को उत्कृष्ट अतिथि राउतलाई छनोट गरि सम्मान गरीएको हो ।

कार्यक्रममा नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ प्यूठानका पुर्व अध्यक्ष गिरुप्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै भण्डारीले राउतलाई बधाई तथा शुभकामना दिदै त्यस बेलाका जनमुक्ति सेना वा राज्यसत्ताका तत्कालिन शाहि नेपालि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा यूद्धमा होमिएका व्यक्ति एवं समुदायको बारेमा त्यतिबेला भएकाे घटनाको बारे सत्य तथ्य खाेजि गरि आम नेपालीको बिचमा प्रस्तुत गरेकाे भन्दै सराहनिय काम गरेकोमा प्रसंशा गर्नु भयाे ।

कार्यक्रममा सहभागी झुलेनी युनाइटेड नेटवर्कका नोमराज पौडेलको बिशेश आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै पौडेलले न्यु मिडियाको महत्व दिनप्रतिदिन बढ्दै गएकाले सुनौलो सञ्चारले गरेको कामको प्रशंसा गर्नु भयाे । उहाँले अनलाइन मिडियाले निकै सम्भावना बाेकेकाे र छिटाे छरितो सत्य तथ्य जानकारी दिनु पर्ने मा जाेड दिनु का साथै सुनाैलाे टिभीले आफ्ना अतिथिलाई सम्मान गर्नु आफैमा नाैलाे सराहनीय काम गरेकाले अनलाइन मिडियाकाे प्रभावकारीता बढ्दै गएकाे खुसि व्यक्त गर्नु भयाे ।

सम्मान पाएपछि कार्यक्रममा बोल्दै राउतले ‘यो सम्मानको लागि आफुलाई छनोट गरेकोमा टिभि परिवारलाई धन्यवाद दिनुका साथै आगामी दिनमा थप टिभीकाे सफलताको शुभकामना व्यक्त गर्नु भयाे ।
यहाँहरुको यो सम्मानले मलाई थप प्रेरणा मिलेको उहाँले बताउनु भयाे । टिभिका व्यवस्थापक सुमन भण्डारीले सञ्चालन गरेको कार्यक्रमको टिभिका प्रबन्ध निर्देशक अर्जुन जि.सिले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनुका साथै आम सम्पुर्ण दर्शक स्राेता र शुभेच्छुककाे सदैव माया र हौसलाको अपेक्षा गर्दै समापन गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *