Saturday, April 20News That Matters

सरकारले ३ बुदे सहमतिको उलंघन गरेर कानुन मिच्ने काम गरेको विप्लवको भनाइ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नु भएको छ ।

आज विराटनगरमा आफ्नो पार्टीद्धारा आयोजित जनसभालाई संवोधन गर्दै महासचिव विप्लवले सहमतिअनुसार जेलमा रहेका आफ्ना नेता कार्यकर्ता रिहा गर्न सरकारलाई आग्रह गर्नु भएको हो ।सहमति पनि एक ढंगको कानुन हो भन्दैं महासचिव विप्लवले सरकारले सहमति कानुन उल्लंघन गरेको आरोप लगाउनु भयो । ‘सहमति पनि कानुन हो, सहमति कार्यान्वयन गरिएन भने त्यो गंभीर कानुनको उल्लंघन हो ।’ महासचिव विप्लवले भनाइ छ ।

आफ्ना पार्टीका जेलमा रहेका नेता कार्यकता रिहा नगरे संघर्ष गर्ने विप्लवको सरकारलाई चेतावनी छ । महासचिव विप्लवले अगाडि भन्नुभयो, ‘हाम्रा साथीहरुलाई तुरुन्त छोड्नुहोस् । भएन भने हामी संघर्ष गर्छौ, तर युद्ध होइन । राज्यले युद्धको बाटो नसमातोस् ।’ अहिलेको संसदीय व्यवस्था चल्दैन भनेर संसदीय दलका नेताहरुले नैं भनिरहेको बेला अब व्यवस्था बदल्ने जनमतसंग्रहको चुनाव आवश्यक रहेको विप्लवको दावी छ । ‘यो व्यवस्था चल्दैन भनेर देउवा, ओली, प्रचण्ड सबैले भन्ने गरेका छन् ।’ महासचिव विप्लवको भनाइ छ, ‘त्यसकारण अब व्यवस्था बदल्ने जनमतसंग्रहको चुनाव हुनुपर्छ । यो व्यवस्थाले शान्ति र समृद्धि दिंदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *