Tuesday, April 16News That Matters

डाेल्पाका मनकारी वडा अध्यक्ष , निमुखा, गरिब दुखिका भगवान, बिरामी लिएर आफै पुग्छन् देशका विभिन्न हस्पिटल

कर्णाली प्रदेश त्यसमा पनि डाेल्पा जिल्ला भाैगाेलिक हिसाबले अत्यन्तै बिकट र दुर्गम छ । त्यहाँ जन्तालाई सामन्य स्वास्थ सेवा लिन पनि घण्टाै पदैल यात्रा गर्नु पर्छ । जटिल राेगकाे उपचारका लागि कि त नेपालगन्ज, सुर्खेत वा काठमाडौंमा पेलेन वा हेलिकप्टरकाे माध्यम बाट जानू पर्ने बाध्यता छ । सडक संजालले छाेए पनि अप्ठ्यारो बाटाे र बिचमा नदिकाे समस्या र लामाे यात्राका कारण पेल वा हेलिकप्टर बाट नै उपचारको लागि सहर जानू पर्छ । त्यस ठाउँका प्रायः जन्ताहरुकाे आर्थिक अवस्था पनि निकै कम्जोर छ । पैषा अभाव कै कारण त्यहाँ बिरामीहरुले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता छ । महङ्गो पेलेन भाडा र त्यसमा पनि समयमा पेलेन नपाउनु हेलिकप्टर चाटर गर्दा निकै महङ्गो पर्ने यी कारणले बिरामिहरु राेग पालेर बस्छ कि त अकालमा नै मृत्य हुन्छ । केन्द्रीय सरकारकाे प्राथमिकतामा नपर्नु वा प्रदेशले पनि स्वास्थ्य क्षेत्र उल्लेखनीय लगानी नगर्नुले त्यहाँ जन्ताहरु स्वास्थ्य समस्या बाट प्रताडित छन् । भएका स्वास्थ संस्था, जिल्ला अस्पतालमा पनि आवस्यक जनशक्ति नहुनु जस्ता कारणले गर्दा सामन्य स्वास्थ सेवा लिन नेपालगन्ज काठमाडौँ धाउनु पर्ने बाध्यता छ ।
बिरामीले देशका विभिन्न ठाउँमा उपचारको क्रममा विभिन्न समस्या भाेग्नु परेकाे छ । पैषा अभाव हुनु त सामान्य नै भयाे तर हस्पिटलमा जान्ने बुझ्ने कुरुवा नहुदा अन्य विभिन्न समस्या भाेग्नु परेकाे बिरामिहरुले बताउछन् । तर बिकट जिल्ला डाेल्पाकाे काईके गाँउपालिका प्रबक्ता तथा वडा न ७ काे वडा अध्यक्ष रामचन्द्र राेकाया उत्तम जनप्रतिनिधि काठमाडौं नेपालगन्ज का विभिन्न अस्पतालहरुमा प्रायः बिरामी संगै भेटिहुन्छ । उहाँले बिरामीका हरेक समस्या समाधानका लागि आफू हस्पिटलमै गएर भुमिका खेल्नु हुन्छ । बिरामी संग पैषा अभाव हुदा आफ्नै व्यक्तिगत पहलमा सहयोग चन्दा उठाई उपचारमा सहयोग गर्नु हुन्छ । बिरामीलाई षैषा अभाव भएकाे महसुस हुन दिनु हुन्न ।

उहाँ जनप्रतिनिधि हुनु भन्दा पहिले पनि हिमालि जिल्ला बाट उपचारमा काठमाडौँ, नेपागन्ज झर्ने अधिकांश बिरामीकाे उपचारमा सहयाेग गर्न हस्पिटल मै पुग्ने गरेकाे बताउनु हुन्छ । जन प्रतिनिधि भए पछि त आफ्ना जन्ताहरुकाे हरेक क्षेत्रमा सेवा गर्नु दुख परेकाे बेला जन्ता संग संगै हुनु आफ्नाे दाईत्व सम्झनु हुन्छ । राेकाया हस्पिटलमा बिरामी कुर्नु हुन्छ आर्थिक सहयोग गर्नु हुन्छ । विभिन्न संघसंस्था तथा सहयोगी मान भए व्यक्ति, साथिभाईहरु संग सहयोगका लागि अपिल गर्नु हुन्छ । बिरामी निकाे भए पश्चात् घर जाने वातावरण पनि बनाउनु हुन्छ ।
जनप्रतिनिधि भय पछि आफ्नाे वडा गाउँ टाेल र समग्र गाउँ पालिकाकाे बिकास निर्माण काे काम मा पनि धेरै अग्रसर हुनु हुन्छ । उहाँ आफ्ना गाउँका समस्या लिएर कहिले प्रदेश सरकार कहिले केन्द्र सरकार पुग्नु हुन्छ । विभिन्न याेजना माग लिएर विभिन्न मन्त्रालय संघसंस्थाका पुगि समग्र गाउँकाे बिकास लागि हरदम लागिरहनु भएकाे छ । उत्तम विपन्न वर्गका मान्छेहरु बिरामी हुँदा आफै बिरामी लियर नेपालगन्ज काठमाडौं पुगेर सहयाेग गर्ने गरेकाे स्थानीय ले बताउछन् । धेरै बिरामीहरु काे आर्थिक अबस्था नाजुक हुँदा रामचन्द्र आफैले सहयाेग चन्दा मागेर आफै सहयाेग गरेर बिरामीकाे सहारा बनेकाे मा त्यहाँ जन्ताहरुले खुसि व्यक्त गरे । स्थानीय जन्ताले सायदै रामचन्द्र जस्ताे सहयोग, मनकारि, जन्ता प्रति उत्तरदायी अन्य जनप्रतिनिधि नभएकाे बताउछन् । काईके गाउँपालिका वडा न ७ का स्थानीय बिष्णु बुढा, धाबाछिरिङ बुढा वडा न ६ का स्थानिय सुकालाल बुढा, प्रकाश बाेहाेरा रनसिङ बाेहाेरा लगायतले रामचन्द्र गरिब र बिपन्न बिरामीकाे लागी उहाँ भगबान रहेकाे बताउँछ ।

बिरामी संग वडा अध्यक्ष उत्तम
बिरामिलाई उपचार कक्षमा लग्दै अध्यक्ष उत्तम
उपचारकाे लागि आर्थिक सहयोग गर्दै वडा अध्यक्ष रामचन्द्र राेका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
1
+1
0
+1
1
+1
4
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *