Wednesday, September 27News That Matters

शिवराजमा खेल महोत्सव आज देखि सुरु,१५ सय खेलाडीकाे सहभागिता महाेत्सव १२ गते सम्म चल्ने

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा खेल महोत्सव सुरु भएको छ । ‘समृद्ध नगर सुखी नगर बासी स्थिर र दिगो विकासको गति, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ’भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको छ ।
महाेत्सवकाे एक कार्यक्रम गरि आज राष्ट्रिय माविकाे खेल मैदान चन्द्राैटामा उद्घाटन गरिएकाे छ । उद्घाटन कार्यक्रममा नगर भित्रका विभिन्न बिद्यालय, क्याम्पस का साथै सम्पुर्ण वडाका विभिन्न झाँकि र्यालि तथा स्थानिय निर्त्य प्रस्तुत गरिएकाे थियाे । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के सि ले शिक्षा स्वास्थ्य सँग जोडिएको खेल क्षेत्रले ठाउँ चिनाउने हुदा शिवराजलाई चिनाउन खेल महोत्सवले सहयोग पुग्ने बताउनुभयो । खेल र खेलाडी राष्ट्रका गहना भएको भन्दै खेलाडीहरूको क्षमता विकासमा प्राथमिकता दिनु पर्ने बताउनुभयो । नगरले प्रत्येक वर्ष खेल महोत्सव आयोजना गरेर उदाहरणीय काम गरेको बताउनुभयो ।
खेल महोत्सवलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले खेलाडीले नगर मात्र नभई जिल्ला हुँदै राष्ट्रको नाम राख्न सक्ने बताउनुभयो । शिवराज नगरपालिकाले खेललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनु भयो । विगतका वर्षहरू जस्तै यस वर्ष पनि खेल महोत्सवलाई प्राथमिकतामा राख्दै थप व्यवस्थित गरिएको अधिकारीले बताउनु भयो । आगामी माघमा पालिका स्तरीय प्रतियोगिता आयोजना गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।
खेल महोत्सवमा बोल्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले खेलकुद प्रतियोगिताले युवायुवतीहरूलाई लागुआैषध, तथा कुलतकाे दुव्र्यसनिमा लाग्न नदिने त्यसबाट टाढा रहन सहयोग पुग्ने बताउनुभयो । खेल महोत्सवको उद्घाटनमा विभिन्न राजनितिक दलमा प्रतिनिधि,संघ सस्थाका प्रतिनिधिहरुले खेलको सफलताको कामना गरेका थिए । खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर कप र उपमेयर कपमा शीर्षकमा विभिन्न खेल प्रतियोगिता हुने छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथलेटिक्स, कराते, उसु, कपर्दी, प्रतियोगिता हुनेछन् । त्यस्तै, मेयर कपतर्फ फुटबल, क्रिकेट र भलिबल, उपमेयर कपतर्फ फुटबल, भलिबल र कराते प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका संयोजक नेत्र प्रसाद बेल्वासेले बताउनु भयो ।
शिवराज नगरपालिकाको आयोजनामा बिहीबारबाट सुरु भएको महोत्सवमा १० वटा वडा १५ वटा विद्यालयका १ हजार ५ सय १६ जना खेलाडीहरूको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा अधिकृत पूर्ण विकले बताउनुभयो ।
यसैवि आज भएको पुरुष तर्फको भलिवल प्रतियोगितामा वडा नम्वर ०३ विजयी भएको छ । वडा नम्वर १ र ३ विच भएको खेलमा ०३ ले २ ० कोे सोजो सेटमा जित हात पारेको हो । अन्य विभिन्न खेल भाेलि बाट लगातार रुपमा संचालन हुने छन । खेल महाेत्सवकाे समापन पुस १२ गते हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *