कपिलवस्तुको शिवराज नगरपालिकाे आयाेजामा संचालन भएकाे खेल महोत्सव अन्तर्गत वडा स्तरिय फुटबल प्रतियोगिता आज सम्पन्न भएका छन् । ‘समृद्ध नगर सुखी नगर बासी स्थिर र दिगो विकासको गति, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ’भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको छ ।
आज सम्पन्न फुटबल प्रतियोगितामा महिला तथा पुरुष दुबै तर्फकाे उपाधि वडा नम्बर १ ले जितेकाे छ । हिजाे सम्पन्न महिला फुटबल प्रतियोगितामा वडा नम्बर ५ लाई १:० गाेल अन्तरले हराउँदै वडा नम्बर एकले याे बर्ष पनि उपाधि जित्दै लगातार चाैँथाे पटक उपाधि रक्षा गरेकाे छ । पुरुष तर्फ भने पहिलाे पटक उपाधि जित्न सफल भएकाे हाे । आज सम्पन्न फाईनल खेलमा वडा नम्बर ९ बिरुद्ध २:१ काे गाेल अन्तरले हराउदै पहिलो पटक वाडा १ ले उपाधि कब्जा गरेकाे हाे । वडा नम्बर ९ ले आफ्नाे अग्रता जाेगाउन नसक्दा उपविजेता चित्त बुझाउन बाध्य बन्याे । त्यस्तै आजै भएकाे वडा स्तरिय पुरुष किक्रेटकाे पहिलाे खेलमा वडा नम्बर ६ बि लाई ६ रनले हराउदै वडा नम्बर २ बिजय भएकाे छ । खेल महाेत्सवमा भाेलि देखि विद्यालय स्तरका खेल सुचारु हुने छन भने महाेत्सव पुस 12 गते समापन हुने छ ।
खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर कप र उपमेयर कपमा शीर्षकमा विभिन्न खेल प्रतियोगिता हुने छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथलेटिक्स, कराते, उसु, कपर्दी प्रतियोगिता हुँदै आएका छन् । त्यस्तै, मेयर कपतर्फ फुटबल, क्रिकेट र भलिबल, उपमेयर कपतर्फ फुटबल, भलिबल र कराते प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका संयोजक नेत्र प्रसाद बेल्वासेले बताउनु भयो ।
शिवराज नगरपालिकाको आयोजनामा बिहीबारबाट सुरु भएको महोत्सवमा १० वटा वडा १५ वटा विद्यालयका १ हजार ५ सय १६ जना खेलाडीहरूको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा अधिकृत पूर्ण विकले बताउनुभयो ।


