नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि शुरुहुँदै छ । टिमको नयाँ प्रशिक्षकको रुपमा दाेस्राे पटक पुबुदु दशानायके काठमाडौं आइपुगेपछि पहिलो पटक बन्द प्रशिक्षण शुरुहुन लागेको हो ।
त्रिवि क्रिकेट मैदानमा विहान १० बजेपछि शुरुहुने बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ क्यानले प्रशिक्षक दशानायकेसँग सल्लाह गरेर ३० जनाको प्रारम्भीक सूची सार्वजनिक गरेको थियोे । प्रशिक्षक नआउँदै क्यान र खेलाडीबीचको सुरु भएको विवाद नसुल्झिएकाले आजको बन्द प्रशिक्षणमा तोकिएको संख्या भन्दा थोरै खेलाडीहरु उपस्थित भएका छन् ।
क्यानले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उप कप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनको कारबाही गरेको थियो । मल्ल र ऐरीको क्रमस कप्तान र उपकप्तान पद खोसेको छ भने चारै जना खेलाडीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा शुरुको ६ महिना अर्थात जुनसम्म सहभागी नगराउने निर्णय बोर्ड बैठकबाटै गरेको थियो ।
कारबाही गरेपछि मुख्य प्रशिक्षक दशानायकेले चारै खेलाडीलाई समेटेर ३० जनाको प्रारम्भिक सूची क्यान मार्फत सार्वजनिक गराएका थिए । चार जना खेलाडीलाई कारबाही गरिए पनि खेल्न भने क्यानले कुनै प्रतिवन्ध लगाएको छैन् । नयाँ कप्तानको रुपमा क्यानले सन्दीप लामिछानेलाई नियुक्त गरिसकेको छ ।
तर, चार जना खेलाडीलाई गरिएको कारबाही प्रकरणका कारण अहिले खेलाडीहरु गुटमा बिभाजन भएका छन् । जसका कारण मल्ल र ऐरी पक्षका केही खेलाडीहरु क्यानले शनिबारका लागि रिर्पोटिङ गर्न दिएको समयमा सम्पर्क नगर्ने खेलाडीको संख्या १४ पुगेको छ ।
राष्ट्रियटोलीको प्रशिक्षणमा उपस्थित हुने खलाडीहरु:
शरद भेषावकर
जितेन्द्र मुखिया
आरिफ शेख
कुशल मल्ल
आसिफ शेख
शाहब आलम
अविनाश बोहरा
पवन सर्राफ
भिम सार्की
प्रदिप ऐरी
गुलशन झा
विवेक यादव
सौरभ खनाल
राजेश पुलामी मगर
किशोर महतो
सागर ढकाल
हरि शंकर साह ।
(सन्दिप लामिछाने भने अष्ट्रेलियाबाट फर्किएपछी प्रशिक्षणमा जोडिनेछन् ।)
प्रशिक्षणमा उपस्थित नहुने खेलाडीहरु:
ज्ञानेन्द्र मल्ल
दिपेन्द्र सिहं ऐरी
कमल सिहं ऐरी
सोमपाल कामी
कुशल भुर्तेल
बिक्रम सोब
करण केसी
सुशन भारी
रोहित कुमार पौडेल
बिनोद भण्डारी
सन्दिप जोरा
नन्दन यादव
