Saturday, April 20News That Matters

टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा , सोमपाल र बिनाेद टिममा परेनन्

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना हुने टी–२० विश्वकप ग्लोबल छनोटका लागि आज सन्दीप लामिछानेकाे कप्तानिमा अन्तिम १६ सदस्यीय टोली घोषणा गरेको छ 
अन्तिम १६ टीममा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल छन् । यस्तै, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम पनि अन्तिम १६ मा परेका छन् ।
जितेन्द्र मुखियाले २०१४ विश्व कप पछि टिममा पुनारागमन गर्दा क्यानले अन्तिम १६ मा तीव्र गतिका बलर सोमपाल कामी र विकेट किपर विनोद भण्डारीलाई भने सामेल गरेको छैन । क्यानले सार्वजनिक गरेकाे अन्तिम १६ मा पहिलाे पटक बिकेक यादब र लाेकेश बमले स्थान बनाउन सफल भएका छन् ।
फेब्रुअरी १७ देखि सुरु हुने ‘ग्लोबल छनोट ए’मा नेपालसहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजित गर्दा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालसँगै ओमान, क्यानडा र फिलिपिन्स समूहमा ‘बी’मा परेका छन् । आयरल्याण्ड, युएई, जर्मनी र बहराइन भने समूह ‘ए’ मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *