जय बुद्ध सामाजिक युवा क्लबले यहीँ माघ १७ गते देखि आयाेजना गरेकाे 7A साइड फुटबल प्रतियोगिता अन्तर्गत आज भएकाे दाेस्राे सेमिफाइनल खेलमा शिव शक्ति युवा क्लब विजय भएकाे छ । जय बुद्ध युवा क्लबकाे खेलकुद मैदान शिवराज नगरपालिका वडा नम्बर १ काफल खुट्टामा भएकाे खेलमा ग्रिन भिजन युवा क्लब बट्कट्टालाई पेनाल्टी सुटआउटमा २:० ले हराउदै शिव शक्ति युवा क्लबले फाइनलमा स्थान पक्का गरेकाे हाे । निकै नै प्रतिस्पर्धा भएकाे खेलमा निर्धारित समय दुबै टाेलिले गाेल गर्न नसक्दा खेल पेनाल्टी सुटआउट मा पुगेकाे थियाे । आज विजय शिव शक्ति युवा क्लबले भाेलि आयाेजक जय बुद्ध युवा क्लबसंग फाइनल खेल्नेछ । आयाेजक जय बुद्ध क्लब हिजाे भएकाे पहिलो सेमिफाइनल खेलमा बिजय हुँदै फाइनलमा स्थान सुरक्षित गरेकाे थियाे । फाइनल जित्ने टिमले नगत रु २०,००० सहित मेडल ट्रफी प्राप्त गर्ने छ भने दाेस्राे हुने टिमले रु १०,००० सहित मेडल ट्रफी प्राप्त गर्ने छ ।
