नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ९१ बलमा १०० रन पूरा गरेका हुन् ।
नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका राेहित इतिहास रच्न सफल भएका छन । यसअघि नेपालका लागि पारस खड्काले २०१९ यूएईविरुद्ध शतक प्रहार गरेका थिए । राेहितले नेपालका लागि एउटा इतिहास रचेका छन उनले नेपालका लागि व्यक्तिगत उच्च रन बनाउदै इतिहास रचेका हुन ।
उनले १०७ बल खेल्दै १२६ रन बनाएर आउट भएका थिए । याे नेपाली क्रिकेट इतिहासमै व्यक्तिगत उच्च रन हाे उक्त रन बनाउन ७ चाैका र ४ छक्का प्रहार गरेका थिए ! राेहितले इतिहास रच्दा नेपालले खेल हार्न पुगेकाे छ ।
जितका लागि आवस्यक २९३ रन पछ्याउदा निर्धारित ५० ओभरमा ८ विकेट गुमाइ २८६ रन मात्र बनाउदा ६ रनले खेल हार्न पुगेकाे छ । माथिल्लो क्रमका ब्याट्सम्यानहरुले अपेक्षा अनुसार खेल्न नसक्दा खेल गुमाउन पुगेकाे छ । तल्लाे क्रममा कमल र साेमपालले खेल जित तर्फ लग्ने काेसिस गर्दा सफल हुन सकेनन् । नेपालका लागि कुशल भुर्तेलले ३२, अनिल कुमार शाह ६, दिपेन्द्र सिहं ऐरिले १५, आरिफ शेखले
३४, भिम शार्किले १७, पवन सराफ ७ कमल सिहं ऐरि र साेमपाल कामी ले १८/१८ रन बनाएका थिए। एकदिवसीय सिरिजकाे अन्तिम अर्काे खेल भाेलि हुनेछ।

