Saturday, April 20News That Matters

कपिलवस्तुका पत्रकार चन्द्रकान्त न्याैपानेले पनि उम्मेदवारी घाेषणा

आगामी स्थानीय चुनाबमा देश भर स्वतन्त्र उम्मेदवारी दिने क्रम र उम्मेदवार चर्चा बढिरहेको समयमा कपिलवस्तुका पत्रकार चन्द्रकान्त न्यौपाने बाणगंगा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा पदमा स्वतन्त्र बाट उठ्ने हुनु भएकाे छ।

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि उहाँले वडाध्यक्षमा उठ्ने घोषणा गर्नु भएकाे छ ।उहाँले स्वतन्त्रतर्फबाट उम्मेदवारी दिने बताउनु भएकाे छ ।
लामो समययता पत्रकारितामा अनवरत लागि परिरहनु भएका न्याैपाने । काठमाडौंको अन्नपूर्ण मिडिया ग्रुप अन्तर्गत रेडियो अन्नपूर्ण लगायत राष्ट्रिय मिडियामा काम गरेकाे लामो अनुभव छ अहिले पनि सक्रिय पत्रकारिता रहनु भएका न्याैपाने बुटवलमा रहेर लामाे समय शिक्षण पेसा आवद्ध हुनु हुन्थ्यो । शिक्षित र उर्जाशिल युवालाई नेतृत्वमा पुग्ने मौका दिइए समाज परिवर्तन चाँडै गर्न सकिने उहाँको बुझाइ छ।

उहाँले आज सामाजिक संजाल फेसबुक स्ट्याटस मार्फत भन्नू भएकाे छ ‘वैशाख ३०, २०७९ मा हुने स्थानीय तह निर्वाचनको लागि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को लागि स्वतन्त्रतर्फबाट वडा अध्यक्ष पदमा उठ्ने घोषणा गर्दछु। यसपछाडीका कारण, योजना तथा रणनीतिबारे प्रचारात्मक अभियानको क्रममा विस्तारै वडा तथा नगरबासीमा अवगत गराउँदै जाने छु। मेरो उम्मेदवारी कमिसनतन्त्र र भ्रष्टाचारको न्यूनिकरण, स्मार्ट विकास र शुशासनयुक्त प्रशासनिक सेवा प्रवाहको लागि हुनेछ। मेरो उम्मेदवारीको अर्को महत्वपूर्ण पक्ष सम्पूर्ण युवाप्रतिनिधित्व र विकासमा युवा सहभागिता पनि हो। यहाँ सबैबाट साथ, सहयोग, सुझाव र मार्गदर्शन प्राप्त गर्न पाउने छु भन्ने विश्वास पनि व्यक्त गर्दछु। आज नगरे, कहिले गर्ने? युवाले नगरे, कसले गर्ने? धन्यबाद।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *