Saturday, April 20News That Matters

दु:खद खवर-प्रदेशमा ज्यान गयो दुई १९ बर्षका युवाको, अर्का गम्भीर घाइते

रोजगारीको लागि भारत गएका दुई युवाको दुर्घटनामा परि ज्यान गएको छ भने, एक जना गम्भीर घाइते हुनुभएको छ । प्युठान जिल्ला झिमरुक गाउँपालि वडा नम्बर ७ घर भइ हाल भारतको पंजावमा काम गर्दै आएका १९ बर्षिय बिक्रम भण्डारीको गए राती भएको मोटर साइकल दुर्घटनामा ज्यान गयो भने मोटरसाइकल चालक कबिराज महतरा गम्भीर घाइते हुनुभएको छ ।
राेजगारी कै सिलसिलामा भारतमा गएका झिमरुक ७ तुषरा कै अर्का १९ बर्षे युवा हिमाल सुनारकाे भारत छत्तीसगढमा यहीँ चैत्र १५ गते मृत्यु भएकाे थियाे । नुहाउने क्रममा नदिमा डुबेर मृत्यु भएकाे भनिएता पनि मृत्युु के कति कारण भयाे त्यसबारे अनुसन्धान भइरहेका जानकारी पाइएको छ ।

हिमालकाे शाेकमा परेका गाउँलेहरु १३ दिन नपुग्दै अर्काे शाेकमा परेका छन् । यहि चैत्र २७ गते साझ करिब ७ बजे तिर तरकारी लिन बजारमा जाने क्रममा माेटर साइकललाई गाडिकाे ठक्करले बिक्रम काे मृत्यु भएकाे अनुमान गरिएता पनि दुर्घटना के कसरी भयाे त्यस बारे केही जानकारी प्राप्त भएकाे छैन । घाइते कविराजकाे उपचार भइरहेको छ । केही समयकाे अन्तरालमा दुर्घटनामा परि एउटै ठाउँ दुई युवा कहिल्यै नफर्कने गरि अस्ताउनु पर्याे भने एक जना घाइते हुनु परेकाे छ । स्वदेशमा राेजगारीकाे अवसर नहुदा भारतमा गई काम गर्न बाध्य दुई युवाकाे दुर्घटनामा परि कलिलो उमेर मा नै ज्यान गुमाउन पर्याे । भारतमा कामकाे सिलसिलामा धेरै नेपालीहरुले विभिन्न दुर्घटनामा ज्यान गुमाउनु परेकाे छ यस्ताे दिन नेपाली कहिले सम्म भाेग्नु पर्ने हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
39
+1
4

Leave a Reply

Your email address will not be published. Required fields are marked *