Saturday, April 20News That Matters

दु:खद खबर आगलागीका कारण भारतमा १४ बर्षिय बालककाे मृत्यु

मंगलबार बिहान भारतको हिसारस्थित राजगुरु मार्केटको राम चाट भण्डारमा आगलागी हुँदा छत्रदेव गाउँपालिका ३ साजबोट अर्घाखाँचीका हिम बहादुर मुखियाका १४ वर्षे छोरा भिम बहादुर मुखियाको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त चाट भण्डारमा मंगलबार बिहान आगो लागेपछि बाहिर निस्कन नसक्दा उनको त्यहि ज्यान गएको बताइएको छ । उक्त चाट भण्डारमा कामगर्ने अन्य ९ जना नेपालीले भने भागेर ज्यान बचाउन सफल भएका छन् ।
घटनालगत्तै घटनास्थलमा पुगेको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ भारत र जनसम्पर्क समिति भारतका नेता तथा कार्यकर्ता त्यहाँ पुगेर चाट भण्डारका मालिकसँग छलफल गरेका थिए ।
छलफलपछि मृतक बालकका परिवारलाई ८ लाख क्षतिपूर्ति दिने निर्णय पछि बालकको दाहसंस्कार गर्ने गरिएको छ । भारतमा लाखौं नेपालीले राेजगारीकाे सिलसिलामा बस्दै आएका छन् । आर्थिक समस्या कारण आफ्नाे राेजिराेटी का लागि धेरै नेपालीले आफ्नाे परिवार सहित भारतमा बस्दै आएका छन् । देश भित्र राेजगारीकाे अवसर नहुदा लाखौं लाख नेपाली भारतमा बस्दै आएका छन् तर हाम्रो देशकाे सरकारले राेजगारीका लागि कुनै जिम्मेवार नहुदा धेरै नेपाली भारतमा विभिन्न दुर्घटना परि ज्यान गुमाउनु परेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *