Wednesday, September 27News That Matters

तिलाेत्तमामा रोट्र्याक्ट कोटिहवाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

रोट्र्याक्ट क्लव अफ कोटिहवा रुपन्देहीले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सो शिविरबाट ३ सय ६८ जना वृद्धवद्धा तथा युवा-युवती लाभान्वीत भएका छन् ।
वृद्ध वृद्धा तथा युवाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सचेतना फैलाउने उद्येश्यले तिलोत्तमा नगरपालिका र रोट्र्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीको सहयोगमा तिलोत्तमा नगरपालिका वडा नं १६ कोटिहवास्थित श्री पशुपति कलेजमा शिविरको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले स्वास्थ्य जस्तो नैसर्गिक अधिकार सबै नागरिकको पहुँचमा ल्याउन यस्ता सामाजिक संघ संस्थाको महत्वपूणर् भूमिका रहेको बताए । उनले राज्यको सिमित स्रोत र साधनले मात्र सबै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन कार्य भएको पनि बताए । तिलोत्तमा नगरपालिकामा रहने नागरिकको स्वास्थ्य तथा जिवनस्तर उकास्न नगरपपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको पनि उनले जानकारी दिए । साथै यस्ता निस्वार्थ सामाजिक कार्यका लागि नगरपालिका सदैव साथ र सहयोगको लागि तयार रहेको बताए ।
तिलोत्तमा १६ का वडाध्यक्ष झवि भुसालले वृद्धवृद्धा लक्षित यस्ता शिविवरले समाजमा सचेतनाको विकास गर्ने बताए । शिविरका चिकित्सक डा. निकोलस भुसाललले शिविरमा उपलब्ध हुने सेवाका बारेमा जानकारी गराए । जसअन्तर्गत वृद्ध वृद्धाहरुका लागि पूणर् शारीरिक जाँच (फूल बडी चेकअप) र युवापुस्ताका लागि युरिक एसिड जाँच, सुगर जाँच र रगत जाँच रहेको थियो । साथै नगरपालिकाले यहाँका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा रोट्र्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीका अध्यक्ष रो. राजविर जयशवाल, समाजसेवी शेर बहादुर थापा, रोट्र्याक्ट क्लवका क्षेत्रीय प्रतिनिधी रो. रमेश पन्थी लगायतको उपस्थित रहेको थियो ।
रोट्र्याक्ट क्लव अफ कोटिहवाका वर्ष २०२२/२३ का अध्यक्ष रो. अमन थापा मल्लको अध्यक्षता तथा सचिव कृष्ण खनालको सञ्चालनमा भएको उक्त कार्यक्रममा एसियन डाईग्नोष्टिक ल्याबको प्राविधीक सहयोग रहेको थियो भने रोट्र्याक्ट क्लव अफ तिनाउ बुटवल, रोट्र्याक्ट क्लव अफ पोखरा फिसटेल र युथ फर नेशनको सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *