Wednesday, November 29News That Matters

“शिवगढी कप २०७९” मा आजकाे खेलमा शिव शक्ति र जयबुद्ध युवा क्लव बिजय

“बिजया दशमी तथा शुभदिपावली सबैमा हाम्राे शुभकामना” “ऐतिहासिक किल्ला तथा धार्मिक स्थल सिवगढीलाई पर्यटकीय क्षेत्र बनाउँने हाम्राे चाहाना ” भन्ने मुल नाराका साथ नकआउट पुरुष तथा महिला “शिवगढी कप २०७९” फुटबल प्रतियोगिता अन्तर्गत आज एउटा प्रि क्वाटरफाइनल र एउटा क्वाटरफाइनल खेल सम्पन्न भएकाे छ ।
आयाेजक गाेल्डेन स्टार युवा क्लब काे फुटबल मैदान शिवराज ९ बानियाँभार कपिलवस्तुमा आज सम्पन प्रि क्वाटरफाइनल खेलमा शिव शक्ति युवा क्लब शिवराज १ कलाैनि ले नव सिर्जनशिल युवा क्लब भगवान पुरलाई ३ का विरुद्ध ० गाेल हराउदा आजै भएकाे अर्काे क्वाटरफाइनल खेलमा जयबुद्ध युवा क्लबले ग्रीनभिजन युवा क्लब बन्कट्टालाई ४ का बिरुद्ध २ गाेल बिजय भएकाे छ ।
यहि आसाेज ०५ गते देखि संचाल भएकाे “शवगढी कप २०७९” फुटबल प्रतियोगिता असाेज १६ गते सम्पन्न हुने आयाेजकले जानकारी दिएकाे छ । पुरुष फुटबल तर्फ बिजेताले रु ५२५५५ र उपविजेताले २६५५५ र सेमिफाइनल पुग्ने टिमले रु ६००० प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *