नेपाली सेनाका अवकाशप्राप्त कर्णेल नबल शाहको युद्ध अनुभुतिले मिलियन भ्युज पार गरेको छ । सुनौलो टिभीमा उहाँका धेरै युद्ध अनुभुति प्रसारण भएका छन् । उहाँका सबै युद्धका संस्मरण हेर्न दर्शकहरुको रुचि रहेको देखिन्छ भने, चर्चित गणेशपुर भिडन्तको जानकारी हेर्ने दर्शकको संख्या धेरै रहेको छ ।
त्यसै गरि जनमुक्ति सेनाका कमाण्डर बिमल राज खत्री पनि दर्शक माझ लोकपृय हुनुहुन्छ । उहाँको युद्ध अनुभुती पनि मिलियन भ्युज पार गरिसकेको छ भने अन्य अन्तर्वार्ता पनि उल्लेख्य दर्शकले हेर्नूभएको छ ।
सुनौलो टिभीमा द्वन्दमा सहभागी नेपाली सेना, जनमुक्ति सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी संगै द्वन्द पीडितहरुको समेत सयौं कुराकानी प्रसारण भएको छ भने नियमित प्रसारण पनि हुँदै आएको छ । सुनौलो टिभीको YouTube च्यानलमा दश बर्षे द्वन्दका हरेक घटनाको अनुभुति हेर्न पाइन्छ भने ऐतिहासिक विभिन्न घटनाहरुको बारेमा जानकारी हेर्न पाइन्छ । भिडियो ….
