Wednesday, September 27News That Matters

फागुन ६ गते प्युठानमा बद्री पंगेनी सहित दर्जनौं कलाकार आउने;सुनौलो टिभी

केशर सुनार,प्युठान/स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव – २०७९ को तेस्रो दिन शनिबार लोकप्रिय कलाकारहरु आउने भएका छन । आयोजकका अनुसार बद्री पंगेनी, सम्झना लामिछाने मगर, अञ्जली अधिकारी, बिमल अधिकारी लगायतका कलाकारको प्रस्तुति रहनेछ ।
त्यसैगरी प्युठान डान्स आइडलको मेघा राउन्ड पार गर्नुभएका प्युठान नगरपालिका र झिमरुक गाउँपालिकाका प्रतियोगीको प्रस्तुति रहनेछ । आज ७ वटा स्थानीय तहका प्रतियोगीले आफ्नो प्रस्तुति राखेका थिए । जसबाट १५ जना छनौट भएको आइडल ब्यबस्थापन समितिका संयोजक प्यार अलि खानले जानकारी दिनुभयो ।
मोडल तथा डान्सर साहिर केसी र बबिता बोहोरा निर्णायक रहनु भएको छ । त्यसैगरी मेलामा लोक दोहोरी प्रतियोगिता समेत संचालन भएको छ ।प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव फागुन ४ गतेदेखि १४ गतेसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *