Saturday, April 20News That Matters

सानिमा लाईफ प्युठान शाखा को एक दिने बीमा साक्षरता कार्यक्रम जुम्रीमा सम्पन्न


केसर सुनार , सानिमा लाईफ इन्स्योरेन्स कम्पनी प्युठान शाखा को एक दिने बीमा साक्षरता कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । प्युठान शाखा प्रमुख सुमन्त पाण्डे र मार्केटिङ अफिसर दिपक आचार्यको सहजिकरणका साथ सन्चालन गरिएको उक्त कार्यक्रममा १६ जना बढी प्रशिक्षार्थिहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा बीमा के हो ?,कसरी काम गर्ने?,बीमाका फाईदाहरु केके छन ?लगायत सानिमा लाईफका के कस्ता प्रोडक्ट हरु छन जस्ता विविध आधारभुत बिषयहरुमा प्रशिक्षण दिईएको थियो ।
सानिमा लाईफ इन्स्योरेन्स को स्थापना २०७४ सालमा स्थापित भएको थियो भने प्युठानमा २ बर्ष पहिले भित्रीएको हो । नेपालमा १८ वटा जीवन बीमा र २० वटा निर्जीवन बीमा रहेका छन ।
सानिमा लाईफ इन्स्योरेन्स रिलायन्स लाईफ इन्स्योरेन्स संग मर्ज हुने क्रममा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *