Wednesday, September 27News That Matters

प्युठानमा जेसिबि र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

प्रकाश न्यौपाने ,प्युठान ।प्युठानको माण्डवि गाउँपालिका – ५ आपचौरमा भएको दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ ।  बाटोमा काम गरिरहेको जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। 

मृत्यु हुनेमा मोटरसाइकल चलाइरहेका ऐरावती –२ टिकुरी बस्ने अन्दाजी ४०/४५  वर्षका रामबहादुर थापा (गोपाल) रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसिरहनुभएकी ऐरावती–२ कि कमला भुसाल घाइते हुनुभएको छ । भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

आपचौरमा बाटोको काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबि र बरौलाबाट भालुवाङतर्फ आउँदै गरेको लु २१ प ६२१९  नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल ‘मिसन ग्रास रुट’ कार्यक्रमका लागि सरुमारानी–२ रानिबगरमा आयोजना भएको वडास्तरिय कार्यक्रममा सहभागी हुन जाँदै हुनुहुन्थ्यो।

दुर्घटनापछि कार्यक्रम स्थगित गरिएको एमाले सरुमारानी पालिका कमिटीका सचिवालय सदस्य जागेश्वर पोख्रेलले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *