Wednesday, September 27News That Matters

प्रदेश १ को नाम कोशी परिबर्तन गर्न पुर्ब जनमुक्ति सेना नेपालको माग

बिराटनगर । प्रदेश १ को नाम कोशी परिबर्तन गर्न पुर्ब जनमुक्ति सेना नेपालले माग गरेको छ । जनमुक्ति सेनाले एक व्यक्तबय जारी गर्दै उक्त नाम खारेज गर्न माग गरेको हो । व्यक्तबयमा लेखिएको छ ` १० वर्षे जनयुद्ध र ०६२/०६३ को जनआन्दोलनको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ती को निम्ती महान जनयुद्धको क्रममा हजारौ विर सहिदहरुले आफनो जिवन आहुती दिएका छन, हजारौं विर योद्धाहरु घाइते अपाङ्ग तथा अंगभंग छन, सयौ वेपत्ता छन । यिनै महान योद्धाहरुको उर्जा बलिदान र साहसको समुच्य रुप भनेकै पहिचान, सामानुपातिक, समावेसी र संघीयता हो भन्ने हाम्रो ठहर हो ।

परिवर्तनको संघारमा गरिएको बलिदानी, उच्च शाहास जनयुद्ध र जनआन्दोलनको ऐतिहासिक मर्म र भावना विपरित ऐतिहासिकता र पहिचान नै हराउने गरि षडयन्त्र पुर्वक १ नं. प्रदेशको नाम कोशी प्रदेश जारी गरिए को प्रति हाम्रो संगठन पूर्व जनमुक्ती सेना नेपाल १ नं. प्रदेश कमिटि खेद प्रकट गर्दै घोर भत्तर्सना गर्दछ । महान जनयुद्धको गौरवशाली इतिहास बोकेको हाम्रो संगठन पुर्व जनमुक्ति सेना नेपाल राष्ट्र राष्ट्रियता स्वाधिनता र स्वतन्त्रताको विरुद्ध गरिने जालझेल, षड्यन्त्र तथा प्रति क्रान्ति रोक्न जस्तो सुकै परिस्थितिको सामना गर्न पनि तयार छ ।

तसर्थ २३८ वर्षे पुरानो सामन्ति राजतन्त्रको अवसान सगै स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मर्म भावना अनुरुप प्रदेशको नामकरण गर्दा ऐतिहासिकता र पहिचानको आधारमा राखिनु पर्छ भन्ने हाम्रो स्पष्ट माग छ । अतः सड्यन्त्र पुर्वक वल प्रयोग गरि राखिएको नाम कोशी प्रदेश तुरुन्त खारेज गर्न जोडदार माग गर्दछौ । ऐतिहासिकता र पहिचानको आधारमा प्रदेशको नाम राख्नको लागी भइरहको सबै खाले शान्तिपूर्ण आन्दोलन प्रति हाम्रो गौरवशाली संगठन पुर्व जनमुत्ति सेना नेपाल १ नं प्रदेश कमिटि को ऐकेवद्धता तथा समर्थन रहेको यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गर्दछौं ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *