Saturday, April 20News That Matters

पौवामा बदलिँदै गएका पार्टीहरूको रवी विरुद्धको आक्रोश

सरोज न्यौपाने। एउटा काल्पनिक सन्दर्भबाट विषयको आरम्भ गरौंं,  देशका सबै पार्टीहरू, तिनका नेता, अदालत, संसद, प्रशासन, अख्तियार जस्ता राज्यका कुनै पनि संयन्त्र र निकायप्रति आम नागरिकको भरोसा छैन, बितिष्णा छ, अझै भनौं आक्रोश छ । तर, रवी लामिछाने र उनको पार्टीप्रति जनविश्वास बढ्दो छ, भरोसा बढ्दो छ, जनमत बढ्दो छ ! यसको प्रमाण छ महिना अगाडि खोलेर छ महिना पहिले रास्वपाले पाएको मतले पुष्टि गर्दैन र ? रवीको हकमा पनि यही कुरा प्रमाणित हुन्छ कि उनले देशैभरीबाट सर्वाधिक मतान्तरसहित विजयी बनेका थिए । मैले काल्पनिक सन्दर्भ यस मानेमा भन्दै छु कि रवीको पार्टीको सांसद त के स्वयं रवीलाई रू दुई करोड होइन, दुई खर्बकै मुद्दा लगाएपनि चुनाव उनैले जित्छन्, जनविश्वास उनैले जित्छन् ! जितिसके !

    दाइ-भाउजूको अक्षम गिरोह कथित पार्टी कांग्रेस होस् कि केपी ओलीको भजन मण्डली नेकपा (एमाले) ! प्राइभेट कम्पनीका रूपमा रुपान्तरण भएको प्रचण्डको माओवादी केन्द्र होस् कि भारतीय योजना र लगानीमा खोलिएका कथित मधेसी दल होउन् या ८८ वर्षीय वयोवृद्ध नेता मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल) होस्, आज यी सबैको प्रधान शत्रु रवी लामिछाने हो र उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी ! राजनीतिक दलको कुरा मात्रै कति गर्नु, नेपालका छापा तथा अनलाइन संचार माध्यमका मुख्य दुश्मन रवी लामिछाने हुन्, उनको पार्टी हो । हुँदाहुँदै बुद्धिजीवी भनिने कैयौं परजीवीहरूको निशाना पनि यतिखेर उनै रवी र उनको पार्टी छ । यसो किन भइरहेको होला ? के नेपालको इतिहासमा सबैभन्दा कुख्यात अपराधी रवी लामिछाने हो ? यहाँको गरिबी, बेरोजगार, कुशासन, भ्रष्टाचार राजनैतिक अस्थिरता, प्रणालीमाथिको खतरा जस्ता खराबीको कारक रवी लामिछाने नै हो त ? जवाफ स्पष्ट छ- होइन ! त्यसोभए माथि नाम उल्लेख गरेका पार्टी र त्यसका कार्यकर्ता, संचार माध्यम र बुद्धिजीवी भनिनेहरू किन ज्यान फालेर लागेका छन् त ? यसको पनि जवाफ स्पष्ट छ- रवी यिनीहरू सबैका साझा चुनौती (Threat) हुन् !

  रवी टेलिभिजनमा हुँदा पनि मैले माथि उल्लेख गरेको समूहको ठूलो हिस्सा उनका विरुद्ध थियो । तर, त्यो आज बढ्दै गएको छ, त्यो पनि संगठित रूपमा । आज सबै दलका नेताले गर्ने भाषण र अभिव्यक्तिहरू रवीप्रति लक्षित हुन्छन् । एउटा नेताले सार्वजनिक मंच पायोभने उसको भाषण रवी लामिछानेलाई पाणें गालीबाट सुरु गर्छ । छापा मिडियाको के कुरा, सबैजसो पत्रपत्रिकाको मुख्य सम्पादकीय नै रवीका विरुद्ध हुन्छन् । 

७०/८० वर्षदेखि देशको राजनीति आजका यिनै असक्षम, अदूरदर्शी र भ्रष्ट नेताहरूको वरिपरि छ । पार्टी केन्द्रको शासन सत्तादेखि सबैजसो संवैधानिक अंगमा यिनीहरूकै हालीमुहाली छ । हुँदाहुँदा सुरक्षा संयन्त्रलाई समेत दलहरूको आफ्नो रक्षा कवच बनाइएका छन् । अदालतको के कुरा, त्यहाँ जाने प्रत्येक न्यायाधीशहरू कतै न कतै यिनीहरूका आज्ञाकारी कार्यकर्ता हुन् र ती सेटिङमा त्यहाँ पुग्छन् ।

   यी सबै कुराको जिम्मेवार- आजको फोहोरी राजनीति र भ्रष्ट राजनीतिकर्मी नै हुन् । हामीलाई झन्झन् गरिब र परनिर्भर बनाउँदै लैजाने, सिमित नेता र तिनका आसेपासेहरूले भ्रष्टाचार मार्फत अकुत सम्पत्ति थुपार्ने, राजनीतिक अस्थिरता कायम राख्ने, विदेशी हस्तक्षेप निम्त्याउने जस्ता गम्भीर अपराधको बलमा दलहरू टिकिरहेका थिए । तर, यसका विरुद्ध जनताको तहमा जागरण आउन थालेको छ, अभियानहरू सुरु भएका छन् । प्राप्त राजनैतिक उपलब्धिहरूको रक्षा गर्ने, बिग्रेको राजनीति सुधार्ने र मुलुकलाई सुशासन र समृद्धि दिने प्रतिबद्धता सहित रवीहरूको नेतृत्वमा एउटा शक्ति उदय भएको छ । यी सबै घटनाहरूले यो स्पष्ट गर्छ कि यसबाट अत्तालिएर दलहरू संयमता गुमाउँदै गएको, असहिष्णु हुँदै गएको, अधैर्य हुँदै गएको र रक्षात्मक हुँदै गएको देखिन्छ । उनीहरूका अभिव्यक्ति र प्रतिक्रियाहरू नै यसको प्रमाणका रूपमा प्रयाप्त देखिन्छन् ।
  राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक तर्फका सांसद ढाकाकुमार श्रेष्ठले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रू दुई करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएपछि रवी लामिछाने नै यसको मुख्य अभियुक्त भएजसरी आलोचना गरिएको छ । समाचार माध्यम र दलका कार्यकर्ता त यो घटनालाई राम वाण कै रूपमा अथ्र्याएका छन् र यही घटना मार्फत रवीलाई सिध्याउन सकिन्छ कि भनेर लागिपरेका छन् । तर, तिनीहरूले बुझे हुन्छ, पुडासैनी आत्महत्या दुरुत्साहन, नागरिकता र राहदानी प्रकरणमा जसरी यसपटक पनि पराजित हुनुपर्छ । किनकि रवीले फेरि पनि जित्छ, चुनाव पनि जित्छ, सुशासनको मुद्दामा पनि जित्छ ।

    त्यसकारण ईष्र्या नगरीकन, बदनियत नराखीकन, षड्यन्त्र र छलछाम नगरीकन, सिधासिधा सबैले आत्मसमिक्षा गरुन्, सुध्रिउन्, सच्चिउन् ! दलका रूपमा र व्यक्तिमा रूपमा पनि । नत्र दाइ-भाउजूको अक्षम गिरोह र बाहरूको बुढो पार्टी(पौवा) खिइँदै, लोप हुँदै जानेछ । 

अन्त्यमा, तिनका आज्ञाकारी कार्यकर्ताले पनि  बेलैमा बुझुन्, बुढाहरूको आज्ञा पालक मात्रै भएर बस्ने कि देश र जनताको विश्वास जित्नतर्फ लाग्ने ? दलाली र चाप्लुसी गरेर लाभ र अवसर ढुकेर बस्ने कि जनविश्वास आर्जन गर्नतर्फ लाग्ने ? परिवर्तित समय र आजका मान्छेको चेतनास्तर महसुस गर्न नसके, बुढाहरूको जस्तै यिनीहरूको राजनीति पनि बेकामे र अर्थहीन, उपलब्धिहीन हुनेछ । आजको राजनीतिले मुद्दा  र नारा त बोक्नुपर्छ नै तर, सबथोक मुद्दा र नारा हुनुहुन्न । आजको राजनीतिले आजका युवाको सपना र अपेक्षालाई बोध गर्न, नेतृत्व गर्न र सम्बोधन गर्ने सामर्थ्य राख्नुपर्छ । ठोकुवा गरेर भन्न सकिन्छ, नयाँ पुस्तालाई समेट्न नसक्ने र पुरानो पुस्ताको भरोसा जित्न नसक्ने यथास्थितिवादीस र परम्परावादी राजनीतिको औचित्य समाप्त भइसक्यो । अब नयाँ ठाउँबाट, नयाँ ढंगले सोच्ने र काम गर्ने बेला आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *