Saturday, April 20News That Matters

खोटाङमा कार्यालय सहयोगीले ‘पेन्टी’ नधोएपछि हाकिमले जागिरबाट हटाए

खोटाङ- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका कार्यालय प्रमुख डा. उमेश मेहताले कार्यालय सहयोगीलाई सेवाबाट हटाएका छन्।

कार्य सम्पादनमाथि चित्त नबुझेको आरोप लगाउँदै डा. मेहताले कार्यालय सहयोगी दुर्गाप्रसाद आचार्यलाई सेवाबाट हटाएका हुन्।

कार्यालय प्रमुख बनेर आए लगत्तै करारका ल्याब असिस्टेन्ट उर्मिला बस्नेत र पुरुष थेरापी नवीन आचार्यलाई हटाएका मेहताले कार्यालय सहयोगी आचार्यलाई पनि हटाएका हुन्।

२०७१ असोज १७ गते करारमा कार्यालय सहयोगीको नियुक्ती पाएका आचार्यलाई डा. मेहताले गत माघ १ गतेदेखि हाजिर गर्न दिएका छैनन्। सेवाबाट हटाइएपछि आर्थिक रुपमा विपन्न आचार्यको रुवाबासी सुरु भएको छ।

मेहताले पटक–पटक कार्यालय नआउन दबाब दिँदै आएको आचार्यले गुनासो गरे। तर, आचार्य दैनिक कार्यालयमा पुगेर आफ्नो काम गरिरहेका छन्।

कार्यालय प्रमुख भएर आएका मेहताले भित्रीबस्त्र धुन इन्कार गरेको निहुँमा सेवाबाट हटाएको आचार्यले गुनासो गरेका छन्।

‘मेरो काम कार्यालय सरसफाइ गर्ने हो, कार्यालय प्रमुखको लुगा कपडा धुने होइन। हाकिमसाबले भनेपछि उहाँले लगाएको लुगा समेत धोइदिएँ। उहाँको पेन्टी समेत धुन लगाउनुभयो,’ आचार्यले भने, ‘म बाहुनको छोरा हुँ, पेन्टी चाँहि धुँदिन भन्दा जागिरबाटै हटाउनुभयो।

उमेरले पनि डाँडो काट्न लाग्यो। अन्य काम गर्न सक्दिन। करारको जागिर गएपछि मेरो परिवारको बिचल्ली भएको छ।’

डा. मेहताले हाजिर हुन नदिएपछि जागीर बचाउनकालागि आचार्यले कर्मचारीको विभिन्न पेशागत संगठनदेखि पत्रकारलाई गुहारिरहेका छन्। कार्यालय प्रमुख डा. मेहताले करारमा रहेका कार्यालय सहयोगी आचार्य, ल्याब असिस्टेन्ट बस्नेत र पुरुष थेरापी आचार्यको कार्यसम्पादन चित्तबुझ्दो नभएकाले हटाएको प्रतिक्रिया दिएका छन्।

ल्याब असिस्टेन्ट बस्नेत सुत्केरी भएको अवस्थामा र पुरुष थेरापी आचार्य बिरामी भएको अवस्थामा जागिरबाट निकालिएका हुन्।

कार्यालय सहयोगीको जागीर खाइदिने डा. मेहताले ऐसेलुखर्कमा कार्यरत सीता यादव र दिक्तेलमा कार्यरत भीमप्रसाद कोइरालाको भने सट्टा भर्ना गरेका छन्।

मेहताले आफ्नो अनुकुलका लागि करारमा कार्यरत यादव र कोईरालाको सट्टा भर्ना गरेको बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *