Saturday, April 20News That Matters

आफ्नो जग्गा हुदाहुदै भाडाको घरमा बस्न बाध्य इ.प्र.का पुजा लिबासे

प्रकाश न्यौपाने । प्युठान । प्यूठानका अधिकांश प्रहरी चौकिहरू बनी सक्दा पनि गौमुखी गाउँपालिकामा रहेको ई.प्र.का को आफ्नो भबन बन्न सकिरहेको छैन ।

बि.स २०५५ सालमा स्थापना भएको यो ईलाका प्रहरि कार्यालय को आफ्नै नाममा जग्गा हुदा हुँदै पनि भबन बन्न सकेको छैन । समाजसेवी लालुराम जैसि र समाजसेवी जिबनाथ न्यौपानेले ४ रोपनि जग्गा दान दिनु भएको थियो । भत्किन लागेको पुरानो जिर्ण घर बर्खामा पानी चुहिने कति बेला भत्कने हो भन्ने त्रासमा बस्न बाघ्य भएकाछन त्यहाका प्रहरी उता जग्गाको स्याहार सुसार नहुदा पुरै लथालिङ्ग छ ।

जग्गादाताहरुले पटक पटक जिल्ला प्रहरी कार्यालयमा भबन बनाउन माग गरे पनि जि.प्र.का प्युठानले बेवास्ता गरेको लालुराम जैसीले सुनौलो टिभीलाई जानकारी गराउनु भएको छ । उहाँ भन्नू हुन्छ प्रहरी लाई जग्गा दियौ तर जग्गा लथालिङ्ग पारेर प्रहरी भाडाको घरमा बसेको छ । हामीले प्रहरी मात्रै हैन धेरै नेतालाई पनि भन्यौ तर कसैले सुन्दैन्न । जि.प्र.का प्युठानले आफ्नो बेवास्ता मात्र नगरेको अपमान पनि गरेको भन्ने उहाँले महसुस गर्नु भएको छ । स्थानीयबासीहरु ले पनि धेरै पटक भबन बनाउने माग गरे पनि बेवास्ता गरेको गुनासो गरेका छन । स्थानीयहरु यो भबन बनाउन पनि चलखेल हुन सक्ने भएको बताउँछन । गाउँपालिकाको भबन पनि जग्गा दान गर्दा गर्दै साघुरो जग्गा मा स्वास्थ चौकी सङै पालिका भबन जुधाउन लागेका छन कता प्रहरी लाई पनि अस्तव्यस्त बनाउछन भन्ने डर भएको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *