प्रकाश न्यौपाने । प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानको ऐतिहासिक छैठौं जिल्ला सम्मेलन खलंगा प्युठानमा बैशाख ३० गते शनिबार सम्पन्न भएको छ।

सम्मेलनले गौमुखीका युवा नेता तथा समाजसेवि ज्ञामुराम न्यौपानेको अध्यक्षतामा ३१ जना सदस्य सहित जिल्ला समिति गठन गरेको छ। जसको उपाध्यक्ष ईमान सिंह खड्का, सचीव केशवराज आचार्य, कोषध्यक्ष टीका बहादुर जिसी, सहसचिब नारायण जिसी रहनु भएको छ त्यसै गरि सदस्यमा भरत केसी,इन्द्र बहादुर खड्का, लाल बहादुर रावत,धुर्व थापा,सिताराम पोख्रेल, दिलिप जिसी,गुणेन्द्र बस्नेत, पबित्रा जिसी, लगाएत सर्वसम्मत चयन हुनु भएको छ।
जिल्ला सम्मेलनले १० सदस्य बैकल्पिक जिल्ला सदस्य पनि छनोट गरेको छ जसमा सूर्यबहादुर नेपाली,चन्द्रबहादुर राना,नरेन्द्र खड्का,कृष्णप्रसाद जैसी,लोकबहादुर एमसी,बालकृष्ण श्रेष्ठ,नारायण भण्डारी,केशरजंग एमसी,नवराज राना,अमर विटालु भने १० सदस्य सल्लाहकार पनि चयन गरेको छ जसमा रणबहादुर खड्का,विदुर मल्ल,मिनराज राना,कृष्णराज श्रेष्ठ,अमरध्वज राणा,सिद्धिमान जिसी,तारा जिसी,चन्द्रप्रसाद श्रेष्ठ,किरण जिसी,छविलाल श्रीस रहनु भएको छ ।

सम्मेलन शुक्रबार र शनिबार दुई दिन सम्म खलंगा प्युठानमा गरिएको थियो। सम्मेलनमा राजमो केन्द्रिय उपाध्यक्ष तथा निबर्तमान सांसद दुर्गा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहको पनि आतिथ्यता रहेको थियो साथै राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज बोम बहादुर केसिको पनि उपस्थिति रहेको थियो ।