प्रकाश न्यौपाने । नेपालमा रोजगारको व्यवस्था नहुदा रोजगारीको खोजीमा घर छोडेर प्रदेश छिर्ने नेपालीको घुइँचो नै लागेको छ । साहुको ऋण तिर्न ऋण काढेरै बिदेसिने नेपालीहरु जहाँ जान्छन उहीँ चोट अनि पीडा पाउछन । न त भने जस्तो काम नै पाउछन न त भने जस्तो तलब नै पाएका छन । साहुको ऋणको व्याजले टुप्पी बिकिसकेको पत्तै हुदैन । न त उनिहरुको मर्म नै बुझेको छ ।


अहिले येस्तै दुखमा परेका केही मजदुरहरुले प्रधानमन्त्रीमन्त्रीलाई पत्र लेखेका छन । पत्रमा विभिन्न मेन पावर बाट बिदेश जादा ठगिएको लेखिएको छ । उनिहरु हाल युएईको Tawaseelat delivery services company मा करिब आठ नौ महिना देखि काम गर्न भनी गएका थिए भने केहीले काम पाए त केहिले काम नपाएको गुनासो पोखेका छन । काम पाएकाहरुले पनि सम्झौतामा भने अनुसार सेवा सुबिधा पनि नपाएको साथै तलब पनि नपाएको पीडा पोखेका छन ।
उनिहरुले पटक पटक कम्पनीलाई सम्झौता अनुसार गर्न आग्रह साथै ध्यानाकर्षण गरेको बताएका छन भने कम्पनीले उनिहरु लाई बेवास्ता गरेको पनि बताएका छन । साथै कम्पनीलाई भिसा रद्द गरि नेपाल फर्काउन अनुरोध गरेको र कम्पनीले खबर गर्छौ भनी वेवास्ता गरेको र उल्टै लाइसेन्स बनाइदिन्छु भनी 4000 ED खर्च समेत गरेको उल्लेख गरेका छन ।

अहिले कम्पनीले उनिहरु लाई बस्न मात्रै दिएको र खाना खर्च र बिरामी हुदा धेरै समस्या खेप्नु परेको भनेका छन । मेन पावरले पनि केही प्रतिक्रिया नदिएको उनीहरुको गुनासो रहेको छ । उनिहरुको पासपोर्ट समेत जफत गरि नदिएकोले उनिहरु लाई नेपाल फर्काउन सरकार समक्ष अनुरोध गरेका छन ।
