प्युठान । प्युठानमा गर्मि मौसम शुरु भए संगै जिल्लाका विभिन्न सामुदायिक बन जङ्गलमा आगलागी भएको छ ।
झिमरुक गाउँपालिका वडा नम्बर ६ दहखोलाको लामाखोरिया सामुदायिक बनमा अहिले आगलागी भएको छ ।

बेलुकापखबाट जङ्गलमा लागेको आगो गाउँसम्म जान सक्ने भएकोले स्थानीय चिन्तित भएका छन् । सामुदायिक बनको गौडेबाट लागेको आगो नियन्त्रण भन्दा बाहिर रहेको स्थानीयले बताएका छन् । रातको समय भएकोले आगो नियन्त्रणमा समस्या भएको छ ।
त्यसो त जिल्लाभरका प्राय जङ्गलमा आगलागीका घटना भैरहेपनी सम्बन्धित निकाएले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।
त्यस्तै झिमरुक गाउँपालिकाको वडा नम्बर ६ स्थित मर्काबाङ्ग नेपानेको जङ्गलमा लागेको आगलागी नियन्त्रणमा लिने पर्यास स्थानीयले गरेपनी नियन्त्रणमा लिन समस्या भएको स्थानीय शान्त पुनले बताउनुभयो ।