Wednesday, November 29News That Matters

प्युठान गौमुखीमा सर्वाधिक ठूलो धनराशिको भलिबल प्रतियोगिता हुने

प्रकाश न्यौपाने, कला सस्कृतिमा हामी सबैको एकता , स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता भन्ने मुल नारालाई आत्मसात गर्दै बिगतमा जस्तै जिल्लामा अहिले सम्मकै सर्वाधिक ठूलो राशिमा भलिबल प्रतियोगिता हुने भएको छ।

ठुलाबेसी सामुदायिक मन्चको आयोजनामा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ०५ खुङ ठुलाबेसिमा भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम हुने भएको हो।
नजिकिदै गरेको बिजयदशमीको अबसर पारि २,३ र ४१ गते ०३ दिने कार्यक्रम हुने भएको हो। आयोजक समितीले एक सुचना जारी गर्दै कात्तिक २ देखि ४ गतेसम्म खुल्ला भलिबल प्रतियोगिता हुने जानकारी दिएको हो ।

भलिबल तर्फ पहिलो पुरस्कार एक लाख तेत्तीस हजार तीन सय तेत्तीस ,दोस्रो एक लाख र तेस्रो पुरस्कार छैसठ्ठी हजार छ सय छेसठ्ठी रहेको छ । तेस्तै अन्य प्रतियोगिता हरुमा स्लो मोटरसाइकल रेस ,म्युजिकल चिएर ,लोकगित प्रतियोगिता ,पनचेबाजा प्रदसन सहित विभिन्न सांस्कृतिक कार्यक्रम विभिन्न राशिमा हुने भएको छ । साथमा स्थानीय र रास्ट्रीय स्तरका ख्याती प्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुति हुने छ ।

कार्यक्रममा गौमुखी गाउपालिकाको पनि सहकार्य भएकोले नियम अनुसार भलिबल खेलमा पुरस्कारको कर कट्टी गरिने समितिले जनाएको छ । साथै सम्पुर्ण खेलको टिम दर्ता १गते सम्म गर्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *