Saturday, April 20News That Matters

त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा लेखनाथ पौडेल चयन

प्रकाश न्यौपाने | प्युठान | २०८० साल कार्तिक २३ गते आयोजित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मल्लरानी ३ को १५औं साधारण सभा तथा छैठौं चुनावी सभा समापन भएको छ ।सभा उद्घाटन सत्र र प्रगति प्रतिवेदन प्रस्तुत तथा आर्थिक प्रतिवेदन माथी छलफल गरि सर्बसमत पारित भएको थियो ।

आयोजक समितिले नयाँ समिति चयनका लागि प्रस्ताव गरेको प्रस्तावित नामावली मा छलफल गर्दा सहमतिमा नयाँ कार्यसमिति चयन हुन सकेको थिएन ।तत्पश्चात् मौज्दात सञ्चालक समितिको पटकपटकको छलफल पछि आज मिति २०८० फाल्गुण २६ गते विशेष भेलाद्वारा सेयर सदस्यहरूको व्यापक उपस्थितिमा लेखनाथ पौडेलको अध्यक्षतामा ११ सदस्य सञ्चालक समिति सर्वसम्मत गठन भएको छ भने उपाध्यक्षमा निर्मला पौडेल,कोषाध्यक्षमा दिनामणि पौडेल,सचिवमा बुद्धिसागर पौडेल चयन हुनु भएको छ।

साथै डिलाराम पौडेलको संयोजकत्वमा त्रिभुवन पौडेल र मना केसी सदस्य रहेको लेखा सुपरिवेक्षण समिति समेत गठन भएको छ भने कार्यक्रमको संचालन सचिव मोती पौडेलले गर्नु भएको थियो । कार्यक्रममा मल्लरानी गा.पाका पूर्व अध्यक्ष अमरध्वज राना मगरको प्रमुख आतिथ्यता साथै चक्रपाणी पौडेलको अध्यक्षतामा समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *