
सत्तारुढ गठबन्धनकाे प्रदेश समितिकाे ठाडो निर्देशन झिमरुकमा राजमाेलाई अध्यक्ष, कार्यकर्ता द्वारा बिराेध
प्युठानको झिमरुक गाउँपालिका अध्यक्षसहित चार वडाअध्यक्ष राजमोलाई दिने गरी गठबन्धन दलबीच सहमति भएको छ ।पाँचदलीय गठबन्धन लुम्बिनी प्रदेश समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । शुक्रबार झिमरुक गाउँपालिकामा भागबण्डा गर्दै सहमति कार्यान्वयन गर्न पालिका संयन्त्रलाई ठाडो निर्देशन दिएको छ । प्रदेशमा भएको निर्णय अनुसार गाउँपालिका अध्यक्ष र चार वडा वडाअध्यक्ष राजमोलाई, उपाध्यक्ष र एउटा वडाअध्यक्ष माओवादी केन्द्रलाई र तीन वटा वडाअध्यक्ष नेपाली कांग्रेसलाई दिनेगरी सहमति भएको हो ।वडामा सबै दलको प्रतिनिधित्व हुने गरी उम्मेदवारी दिने सहमति भएको छ । झिमरुकमा स्थानीय पालिकाको समन्वय राष्ट्रिय जनमोर्चाले गर्ने प्रदेश संयन्त्रले पठाएको सर्कुलरमा उल्लेख छ ।यसअघि पालिकामा पटक पटक भएका छलफल असफल भएपछि दलहरु एक्लाएक्लै चुनावमा जाने निर्णय गरेका थिए भने गठबन्धन दलभित्रैबाट एमालेसँग मिल्ने चर्चा चलेको ...