
तिलाेत्तमामा रोट्र्याक्ट कोटिहवाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
रोट्र्याक्ट क्लव अफ कोटिहवा रुपन्देहीले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सो शिविरबाट ३ सय ६८ जना वृद्धवद्धा तथा युवा-युवती लाभान्वीत भएका छन् । वृद्ध वृद्धा तथा युवाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सचेतना फैलाउने उद्येश्यले तिलोत्तमा नगरपालिका र रोट्र्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीको सहयोगमा तिलोत्तमा नगरपालिका वडा नं १६ कोटिहवास्थित श्री पशुपति कलेजमा शिविरको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले स्वास्थ्य जस्तो नैसर्गिक अधिकार सबै नागरिकको पहुँचमा ल्याउन यस्ता सामाजिक संघ संस्थाको महत्वपूणर् भूमिका रहेको बताए । उनले राज्यको सिमित स्रोत र साधनले मात्र सबै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन कार्य भएको पनि बताए । तिलोत्तमा नगरपालिकामा र...