
काठमाडौं महानगर मेयर बालेन्द्र शाहले भेटे निहारिका राजपुतलाई
आफूलाई गर्भवती बनाएर जिम्मेवारीबाट भाग्ने मान्छे र जन्मिएको नाबालक छाेराकाे डिएनए टेस्ट गराईपाउॅ भन्दै लामाे समय देखि आन्दोलन गरिरहेकि निहारिका राजपुतलाई आज काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले अस्पतालमा भेटेकाे तस्वीर समाजिक संजाल फेसबुकमा राखि यस्ताे स्ट्याटस लेखेका छन् ।बालेन्द्र शाहकाे स्ट्याटस.. "आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन । "निहारिका हिजाे राष्ट्रपति भवन अगाडि आफुले न्याय नपाएकाे भन्दै पेट्रोल छरि शरीरमा आगाे लगाई आत्महत्याकाे प्रयास गरेकी थिइन् ।
तस्वीर बालेन्द्र शाहकाे फेसबुक बाट
...