
प्रदेश १ का जनमुक्ति सेनाहरुले मनाय जनवादि कलाकार साथ जनयुद्ध दिवस
संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि शसस्त्र जनयुद्धमा युद्ध लडेका जनमुक्ति सेना नेपाल १ नम्बर प्रदेश समितिको आयोजनामा जनयुद्ध दिवस तथा जनसेना पुनः मिलन तथा बृहत सांस्कृतिक कार्यक्रम फागुन १ गते सम्पन्न झापाकाे दाेमुखामा सम्पन्न भएको छ। जनमुक्ति सेना नेपाल १ नम्बर प्रदेशका अध्यक्ष बिमल राईको अध्यक्षतामा सम्पन भएको कार्यक्रममा संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन उड्यय मन्त्री सुदन किराँती, १ नम्बर प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्य, संविधानसभा सदस्य किरण राई, प्रदेशसभा सदस्य गिता तिमसिना लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
शसस्त्र जनयुद्धमा लागेका जनसेनाहरु अस्थायी सिविरबाट घर फर्केपछि भेटघाट नभएको अवस्थामा पुनः मिलन गरेर जनयुद्ध दिवसमा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको जनयुद्ध प्रतिष्ठान नेपालका प्रदेश १ अध्यक्...