
नेकपा रुपन्देहीले मनायो २८ औं जनयुद्ध दिवस
नेकपा रुपन्देहीले मनायो २८ औं जनयुद्ध दिवसजनयुद्धका योद्धा घाईते बाघ हुन: प्रज्ज्वलनबुटवल नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पुर्वी लुम्बिनि ब्युरो ईन्चार्ज प्रज्ज्वलन सीले नेपाली जनयुद्धकै बलमा मुलुकमा ब्यबस्था परिवर्तन भएपनी जनयुद्धलाई खिसिटिउरे गर्नेहरुलाई चेतावनि दिंदै जनयुद्धका योद्धा घाईते बाघ भएको बताउनुभएको छ।२८ औं जनयुद्ध दिवसको अवसरमा बुटवलमा आयोजित नेपाली जनयुद्धका उपलब्धी र समस्या बिषयक अन्तरक्रिया तथा सुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता प्रज्ज्जवलनले ढिलै भएपनि जनयुद्ध दिवसलाई राष्ट्रिय महत्व दिएर सार्वजनिक घोषणा गर्नुलाई स्वागत गर्दै मुलुकमा यतिका परिवर्तनको मुख्य भुमिका खेलेको नेपाली जनयुद्धका महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न नसक्नु त्यसमा पनि जनयुद्धकै कमाण्डर प्रचण्ड प्रधानमन्त्री भएको बेला निकै दुखद भएको बताउनुभयो ।जनयुद...