
मेयर बालेनकाे अर्काे उत्कृष्ट कदम, कर्मचारीलाई दलिय आबद्धता त्याग्न निर्देशन
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह "बालेन" ले आफ्ना महानगर कर्मचारी तथा शिक्षकलाई दलिय आबद्धता त्याग्न निर्देशन दिनु भएकाे छ। मेयर बालेनकाे आधिकारिक समाजिक संजाल फेसबुकमा उक्त सुचना प्रकाशित गर्दै महानगरका कर्मचारी तथा शिक्षकलाई दलका कुनै पनि राजनैतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाकाे आबद्धता त्याग्न निर्देशन दिनुभएकाे छ । सुचना महानगरकाे आधिकारिक लेटरमा नआएता पनि त्यसमा भनिएकाे छ । दलिय आबद्धता त्याग्न कर्मचारीलाई सूचित गरिएको सम्बन्धमा
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दल...