
दुखद समाचार पाल्पामा बस दुर्घटना ८ काे मृत्यु ७ घाईते
रुपन्देहीको बुटवलदेखि रिडितर्फ शव लिएर गएको मलामी सहितको लु २ ख ७२७९ नं को बस आज बिहान १०:३० बजे रिब्दिकोट गाउँपालिका वडा नं ०२ लघुवामा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि ८ जनाको मृत्युु भएको छ भने ०७ जना घाइते भएका छन् । बस बाटाे बाट तल खसेकाे छ । के कारणले दुर्घटनाभयाे जानकारी नभए पनि दुर्घटना बारे नेपाल प्रहरीले अनुसन्धान गरिरहे जानकारी दिएको छ । स्थानिय युवाहरू , नेपाली प्रहरी, सशस्त्र प्रहरीद्वारा उद्वार कार्य जारि रहेकाे छ । बसमा अझै धेरै सवार च्यापिएको हुन सक्ने आशङ्का गरिएको छ । घाइते तथा मुत्यु हुनेकाे संख्या बढ्न सक्ने अनुमान गरिएकाे छ । घाइते लाई उपचारकाे लागि अस्पताल लगिदै गरेकाे जानकारी प्राप्त भएकाे छ ।
...