Wednesday, September 27News That Matters

Tag: राजमाे बाग्लुङ

बुर्तिवाङमा राजमाेकाे विद्रोह,विद्राेही राजमोद्वारा बृहत भेला सम्पन्न

बुर्तिवाङमा राजमाेकाे विद्रोह,विद्राेही राजमोद्वारा बृहत भेला सम्पन्न

Breaking news 1, समाचार, स्थानीय
नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको मूल नेतृत्वले दक्षिणपन्थी नीति लिएकाे भन्दै उक्त पार्टीकाे विभिन्न ठाउँ ठाउँमा निरन्तर विद्रोहका आवाजहरु उठिरहेका छन् । आफैले दस्तावेजमा वर्गशत्रु घोषणा गरेको नेपाली कांग्रेससँग आगामी निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय मसाल र राजमो नेतृत्वले गरेकाे भन्दै विद्रोहको त्यो सिलसिला मसाल र राजमोभित्र झनै तेज गतिले अगाडि बढिडरहेको जानकारी दिएकाे छ । यही सिलसिलामा पार्टी केन्द्रको दक्षिणपन्थी नीतिका विरुद्धमा निरन्तर संघर्षरत रहेका बागलुङ ढोरपाटनका राष्ट्रिय जनमोर्चाका स्थानीय नेता कार्यकर्ताहरुले सयौं जनताको उपस्थितिमा बृहत भेला सम्पन्न गरेका छन् ।ढोरपाटन नगरपालिका स्तरीय उक्त अगुवा कार्यकर्ता बृहत भेला २०७८ चैत्र १२ गते बुर्तिबाङमा सम्पन्न गरिएको छ । भेलाले आसन्न स्थानीय तहको निर्वाचन सम्बन्धि विभिन्न नीति तथा निर्णयहरु पारित गरेको बताइएको छ ।राष्ट्रिय जनमोर...