
पञ्चा सिंह अखिल क्रान्तिकारीको अध्यक्षमा चयन
काठमाडौं, १७ असोज । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई छानिएको छ । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाउनु भएको हो ।
अखिल क्रान्तिकारीको इतिहासमा नै पहिलो पटक महिला अध्यक्ष बनाइएको छ ।
क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार रहेकोे बताइएको छ । सो संगठनले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोक्नुभएको थियोे ।
अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।
पञ्चाको बारेमा छोटो जानकारी
कालीकोटको महावैमा जन्मिएकी पञ्चा २०५८ सालमा १४ बर्षको...