Saturday, April 20News That Matters

Tag: arjun gc

झिमरुक गाउँपालिका प्रमुखका छोरा द्वारा प्रशासकिय प्रमुख माथि हातपात

अन्तर्राष्ट्रिय
प्युठान । झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल माथी हातपात भएको छ । अध्यक्ष पितवहादुर महताराको छोराले हातपात गरेका हुन । उनि अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेत रहेका छन । उपाध्यक्ष मिलन एमसिको नेतृत्वमा प्रशासकीय प्रमुख रिजाल, रोजगार सहायक दिपक जिसि लगाएतलाई हातपात गरेका छन् ।उनले मदिराको नशामा कुटपिट गरेको स्रोतको दाबी रहेको छ । एमसिले प्रक्रिया नपुगेको फाइल जवरजस्ति सदर गराउन खोजेको र प्रमुखले नमानेपछि हातपात गरेको बुझिएको छ । उनले कार्यालयमा अन्य कर्मचारी माथी पनि हातपात गरी तथानाम गाली बेइज्जती समेत गरेका छन् । हातपात गरेपछि पालिका अध्यक्षले पालिकाको गाडीमा राखेर भगाएको कर्मचारी स्रोत वताउँछ । अहिले पालिकाका सम्पुर्ण कर्मचारीको आकस्मिक वैठक बसिरहेको बुझिएको छ ।थप जानकारी आउन बाकी । ...
राजिङ्ग स्टारलाई हराउदै शिव शक्ति सेमिफाइनलमा, फाइनल प्रवेशका लागी १४ गते जय बुद्ध संग भिड्ने

राजिङ्ग स्टारलाई हराउदै शिव शक्ति सेमिफाइनलमा, फाइनल प्रवेशका लागी १४ गते जय बुद्ध संग भिड्ने

Breaking news 1, स्थानीय
"बिजया दशमी तथा शुभदिपावली सबैमा हाम्राे शुभकामना" "ऐतिहासिक किल्ला तथा धार्मिक स्थल सिवगढीलाई पर्यटकीय क्षेत्र बनाउँने हाम्राे चाहाना " भन्ने मुल नाराका साथ नकआउट पुरुष तथा महिला "शिवगढी कप २०७९" फुटबल प्रतियोगिता अन्तर्गत आज भएकाे क्वाटरफाइनल खेलमा शिव शक्ति युवा क्लब बिजय भएकाे छ ।आयाेजक गाेल्डेन स्टार युवा क्लब काे फुटबल मैदान शिवराज ९ बानियाँभार कपिलवस्तुमा आज बिहान सम्पन क्वाटरफाइनल खेलमा शिव शक्ति युवा क्लब शिवराज १ कलाैनि ले राइजिङ्ग स्टार युवा क्लब चन्द्राैटा बिरुद्ध ५:२ गाेलकाे फराकिलो जित दर्ता गरेकाे हाे । खेल संचालन भएकाे एक मिनटमै २ गाले गरेर शिव शक्ति युवा क्लबका खेलाडी अरुण चाैधरीले आफ्नाे टिमलाई राम्रो सुरुवात दिलाए । खेलकाे पहिलाे हाफमा राजिङ्ग स्टारले १ गाेल गर्दै खेलमा फर्कने संकेत देखाएता पनि दाेस्राे हाफमा शिव शक्तिले थप तीन गाेल गर्दै आफ्नाे जित निश्चित बनायो । शिबश...
“शिवगढी कप २०७९” मा आजकाे खेलमा शिव शक्ति र जयबुद्ध युवा क्लव बिजय

“शिवगढी कप २०७९” मा आजकाे खेलमा शिव शक्ति र जयबुद्ध युवा क्लव बिजय

Breaking news 1, समाचार
"बिजया दशमी तथा शुभदिपावली सबैमा हाम्राे शुभकामना" "ऐतिहासिक किल्ला तथा धार्मिक स्थल सिवगढीलाई पर्यटकीय क्षेत्र बनाउँने हाम्राे चाहाना " भन्ने मुल नाराका साथ नकआउट पुरुष तथा महिला "शिवगढी कप २०७९" फुटबल प्रतियोगिता अन्तर्गत आज एउटा प्रि क्वाटरफाइनल र एउटा क्वाटरफाइनल खेल सम्पन्न भएकाे छ ।आयाेजक गाेल्डेन स्टार युवा क्लब काे फुटबल मैदान शिवराज ९ बानियाँभार कपिलवस्तुमा आज सम्पन प्रि क्वाटरफाइनल खेलमा शिव शक्ति युवा क्लब शिवराज १ कलाैनि ले नव सिर्जनशिल युवा क्लब भगवान पुरलाई ३ का विरुद्ध ० गाेल हराउदा आजै भएकाे अर्काे क्वाटरफाइनल खेलमा जयबुद्ध युवा क्लबले ग्रीनभिजन युवा क्लब बन्कट्टालाई ४ का बिरुद्ध २ गाेल बिजय भएकाे छ ।यहि आसाेज ०५ गते देखि संचाल भएकाे "शवगढी कप २०७९" फुटबल प्रतियोगिता असाेज १६ गते सम्पन्न हुने आयाेजकले जानकारी दिएकाे छ । पुरुष फुटबल तर्फ बिजेताले रु ५२५५५ र उपविजेताले २६५५५...
दसैंमा सार्वजनिक सवारीलाई ‘रुट परमिट’ नचाहिने साेमबारदेखि देशभर लागु ।

दसैंमा सार्वजनिक सवारीलाई ‘रुट परमिट’ नचाहिने साेमबारदेखि देशभर लागु ।

Breaking news 1, समाचार
दसैं, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले सोमबारबाट देशभर लागू हुने गरी ‘रुट परमिट’खुला गरेको छ। दसैंको पूर्णिमा असोज २३ गते सम्मका लागि लागि यात्रु आ-आफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो। यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ।काठमाडौँबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आ-आफ्नो घर जाने गरेका छन्। कतिपय यात्रु काठमाडौँ बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो सङ्ख्या कम रहेको महासङ्घले जनाएको छ। उनले भने, ‘यहाँबाट भरिएर गएका गाडी खालीजस्तै फर्कन पर्छ।’सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारीसाधनलाई दिनुपर्ने उनले बताए। अति आवश्यक पर्ने सामान ल्याउनेबाह...
ठुलाबेसिमा आयोजित सांस्कृतिक कार्यक्रम संगै १६ गते डा.सुबास जिसिले नि:शुल्क स्वास्थ शिबिर गर्ने

ठुलाबेसिमा आयोजित सांस्कृतिक कार्यक्रम संगै १६ गते डा.सुबास जिसिले नि:शुल्क स्वास्थ शिबिर गर्ने

Breaking news 1, समाचार
प्रकाश न्यौपाने, कला सस्कृतिमा हामी सबैको एकता , स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लामा अहिले सम्मकै ठूलो राशिमा भलिबल प्रतियोगिता हुने भएको छ।युनेसियनको आयोजनामा,युवा तथा स्थानीय बजार बासिको सहकार्यमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ०५ खुङ ठुलाबेसिमा भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम हुने भएको हो।नजिकिदै गरेको बिजयदशमीको अबसर पारि असोज १५,१६ र १७ गते ०३ दिने कार्यक्रम हुने भएको हो।साथै खेलकुद र बिबिध सास्कुर्तिक कार्यक्रम संगै ठुलाबेसिमा नि .सुल्क स्बास्थ सिबिर पनि १६ गते संचालन हुने भएको छ । उक्त शिबिर निमतारा पोलिक्लिनिक बिजुवार प्युठानले संचालन गर्न लागेको हो । शिबिरमा डा.सुबास जि.सि आउनु हुने भएको छ । जिसिले कोभिडको बेला पनि करीब १ बर्ष ...
बन्चरेमा फाेेहाेरका गाडि माथि लगातार अबरोध पछि मेयर बालेन शाहले लेखे यस्ताे….

बन्चरेमा फाेेहाेरका गाडि माथि लगातार अबरोध पछि मेयर बालेन शाहले लेखे यस्ताे….

Breaking news 1, समाचार
काठमाडौं महानगर पालिकाकाे मुख्य समस्या रहेकाे फाेहाेर व्यवस्थापन निकै चुनाैति बनेकाे छ । धनुबेशी नगरपालिका कुडेल्ने बन्चरे धादिङ व्यवस्थापन गर्ने काेसिस गरे पनि लगातारको अबरोध पछि मेयर बालेन्द्र शाह "बालेन" ले फेसबुक मार्फत यस्ताे लेखेका छन् जस्ताकाे तस्तै "फाेहाेर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो । यद्यपि २०० भन्दा बढि प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर केहि समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो । केहिदिन र केहि...
तिलाेत्तमामा रोट्र्याक्ट कोटिहवाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

तिलाेत्तमामा रोट्र्याक्ट कोटिहवाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Breaking news 1, समाचार, स्वस्थ्य
रोट्र्याक्ट क्लव अफ कोटिहवा रुपन्देहीले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सो शिविरबाट ३ सय ६८ जना वृद्धवद्धा तथा युवा-युवती लाभान्वीत भएका छन् । वृद्ध वृद्धा तथा युवाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सचेतना फैलाउने उद्येश्यले तिलोत्तमा नगरपालिका र रोट्र्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीको सहयोगमा तिलोत्तमा नगरपालिका वडा नं १६ कोटिहवास्थित श्री पशुपति कलेजमा शिविरको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले स्वास्थ्य जस्तो नैसर्गिक अधिकार सबै नागरिकको पहुँचमा ल्याउन यस्ता सामाजिक संघ संस्थाको महत्वपूणर् भूमिका रहेको बताए । उनले राज्यको सिमित स्रोत र साधनले मात्र सबै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन कार्य भएको पनि बताए । तिलोत्तमा नगरपालिकामा र...
२१ बर्ष पछि प्रहरी फन्दामा, ज्यान मुद्दा अभियुक्तलाई समात्न सफल  जिल्ला प्रहरी कार्यलय प्युठान

२१ बर्ष पछि प्रहरी फन्दामा, ज्यान मुद्दा अभियुक्तलाई समात्न सफल जिल्ला प्रहरी कार्यलय प्युठान

Breaking news 1, समाचार
प्युठान जिल्ला साविक लुङ गा.वि.स. वडा नं. ८ हाल नौवहिनी गाउँपालिका वडा नं. ६  बस्ने परिवर्तित नाम ( बि )  जबरजस्ती करणी मुद्दामा सम्मानित जिल्ला अदालत प्युठानले मिति २०७० बैशाख २९ गतेको फैसला अनुसार ६ महिना कैद सजाय तोकिएको थियाे । अभियुक्त हाल सम्म फरार रहेकोमा जिल्ला प्रहरी कार्याल प्यूठानबाट खटिएको टोलीले मिति २०७८ पुस १९ गते निजलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत प्यूठानमा पेश गरेको थियाे । अभियुक्तलाई सजाय भुक्तानको लागी जिल्ला कारागार प्यूठानमा चलान गरिएकाे छ ।त्यस्तै प्युठान जिल्ला साविक रम्दी गा.बि.स. वडा नं. १ हाल माण्डवी गाउँपालिका वडा नं. ५ बस्ने कृष्ण बहादुर घर्तीमगरलाई सवारी ज्यान मुद्दामा सम्मानित प्यूठान जिल्ला अदालतको मिति २०५७ फाल्गुण ११ गतेको फैसला अनुसार १ बर्ष ११ महिना ७ दिन कैद सजाय तोकिएको थियाे। अभियुक्त घर्तीमगर हालसम्म फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय प्य...
सुनौलो टिभीको प्रधान सम्पादकमा कार्की चयन

सुनौलो टिभीको प्रधान सम्पादकमा कार्की चयन

Breaking news 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित सुनौलो टिभी डट कम वेबसाईटको प्रधान सम्पादकमा जमुना कार्की चयन हुनुभएको छ । कम्पनीका अध्यक्ष तथा वेबसाईटका निर्देशक अर्जुन जि.सी.ले कार्कीलाई छनोट गरिएको बताउनु भएको छ । वेबसाईटको सह-सम्पादकमा सुमन भण्डारी पहिले नै छनोट हुनुभएको थियो ।