Wednesday, September 27News That Matters

Tag: Prakash nyaupane

झिमरुक गाउँपालिका प्रमुखका छोरा द्वारा प्रशासकिय प्रमुख माथि हातपात

अन्तर्राष्ट्रिय
प्युठान । झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल माथी हातपात भएको छ । अध्यक्ष पितवहादुर महताराको छोराले हातपात गरेका हुन । उनि अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेत रहेका छन । उपाध्यक्ष मिलन एमसिको नेतृत्वमा प्रशासकीय प्रमुख रिजाल, रोजगार सहायक दिपक जिसि लगाएतलाई हातपात गरेका छन् ।उनले मदिराको नशामा कुटपिट गरेको स्रोतको दाबी रहेको छ । एमसिले प्रक्रिया नपुगेको फाइल जवरजस्ति सदर गराउन खोजेको र प्रमुखले नमानेपछि हातपात गरेको बुझिएको छ । उनले कार्यालयमा अन्य कर्मचारी माथी पनि हातपात गरी तथानाम गाली बेइज्जती समेत गरेका छन् । हातपात गरेपछि पालिका अध्यक्षले पालिकाको गाडीमा राखेर भगाएको कर्मचारी स्रोत वताउँछ । अहिले पालिकाका सम्पुर्ण कर्मचारीको आकस्मिक वैठक बसिरहेको बुझिएको छ ।थप जानकारी आउन बाकी । ...