२०८२ माघ २६ सोमबार
२०८२ माघ २६ सोमबार

नौबहिनीमा गर्भवती महिलाहरूका लागि ग्रामीण अल्ट्रासाउन्ड, रक्त परिक्षण कार्यक्रम सम्पन्न

नौबहिनी गाउँपालिकाले गर्भवती महिलाहरूका लागि ग्रामीण अल्ट्रासाउन्ड, रक्त परिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नौबहिनी गाउँपालिका ४ नं. वडा भित्रका २५ जना गर्भवती महिलाहरूले स्वास्थ्य चौकीमा नियमित चेकजाँच गराएकोले उहाँहरुलाई सम्मान गरिएको हो । गर्भवती महिलाहरुलाई गाउँपालिकाले फिल्टर समेत वितरण गरेको छ ।
घरमा हुने सुत्केरी शुन्य गराउने उद्देश्यले कार्यक्रम गरिएको साथै कार्यक्रम खबाङ स्वास्थ्य चौकीबाट सुरु गरेपनी निरन्तर गाउँपालिकाका ८ वटै वडामा सञ्चालन हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि रहनुभएका नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापा तथा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष विस्ना थापा, ४ नं. वडा अध्यक्ष भिम बहादुर घर्ति मगर, कार्यपालिका सदस्य लाली गिरि लगायतले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।