२०८२ माघ २६ सोमबार
२०८२ माघ २६ सोमबार

२१ फागुनमा निर्वाचन हुँदैन कि भनेर शंका गर्नुपर्ने आवश्यक छैन : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी २१ फागुनमा घोषित प्रतिनिधिसभा सदस्य हुँदैन कि भनेर शंका गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । 

शनिबार संखुवासभा सदरमुकाम खाँदबारीमा प्रेस सेन्टरद्वारा आयोजित पत्रकार सम्मेलनमा संयोजक प्रचण्डले सबै दल निर्वाचनका लागि तयार भइसकेकाले घोषित मितिमा निर्वाचन नहुने हो कि भनेर शंका गर्न आवश्यक नरहेको बताएका हुन्।

उनले संसद् पुनर्स्थापना हुन्छ, निर्वाचन हुँदैन भन्ने निराधार हल्ला फिँजाएको र अब जुनसुकै हालतमा २१ फागुनमा आमनिर्वाचन हुने बताए । ‘अब तपाईंहरू ढुक्क रहनुहोस्, यही सरकारले निर्वाचन सम्पन्न गराउँछ। निर्वाचनको लागि सबै राजनीतिक दल तयार भइसकेको छ ।समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ,’ प्रचण्डले भने, ‘निर्वाचन हुँदैन कि भनेर शंका गर्नुपर्ने आवश्यकता छैन।’

पूर्वप्रधानमन्त्री दाहालले संविधानसभाबाट संविधान बनाउँदै गर्दा नै हामीले हरेक १०/१० वर्षमा संविधानको समीक्षा गर्नुपर्ने धारणा राखेको उनको भनाइ थियो । संविधान आवश्यकताअनुसार समय-समयमा पुनर्लेखन र समीक्षा गर्नुपर्ने दाहालको भनाइ थियो।

अहिलेको परिस्थितिले हामीलाई फेरि एकपटक निर्वाचन सम्पन्न गरी नयाँ जनादेशसहितको प्रतिनिधिसभाबाट संविधान संशोधन गरी परिमार्जन गर्नुपर्ने अवस्था सिर्जना गरेको दाहालले बताए। 

नेकपाको एकता सन्देश घोषणासभा कार्यक्रममा सम्बोधन गर्न दाहाल शुक्रबार संखुवासभा आएका हुन् । 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।