जेन्जी नेता मिरज ढुङ्गानाले रवि, बालेन र कुलामान सङ्ग राखेको प्रश्न र प्रस्ताव जस्ताको त्यस्तै,
१. रबी जी र तपाईंको पार्टीले कति सिट निर्वाचनमा जिल्ला सोच्नु भएको छ? के निर्वाचन पछि आन्दोलनको चाहाना अनुसार संविधान संशोधन होला?
२. जेन जी आन्दोलनको अपनत्व लिएर, जेन जीको माग निर्वाचन पछि पुरा गर्नुहुन्छ भनेर सम्झौता गर्नु भएको जस्तो देखिन्छ तर त्यही निर्वाचन प्रणालीमा जहाँ समानुपातिक प्रणालीको दुरुपयोग व्यापक छ, हिजो सार्वजनिक भएको समानुपातिकको सुचीले तपाईहरूले पनि त्यसै परम्परालाई निरन्तरता दिनु भएको जस्तो देखियो। यो निर्वाचन प्रणालीबाट देशलाई चाहिएको बदलाव साँच्चै पुरा होला जस्तो लाग्छ?
३. निर्वाचन धेरै भए, निकास कहिले पाइएन, जेन-जीको मुद्दा बोक्नु भएको छ, निर्वाचनमा सोचेको जस्तो वा १८४ सिट जित्न सक्नु हुन्छ होला?
पछिल्लो निर्वाचनमा रविजीको पार्टीले २१ सिट जितेको थियो, यो पाली १८४ सिट आउला?
संविधान संशोधन गर्न राष्ट्रिय सभा अनिवार्य चाहिन्छ त्यसमा अहिले रास्वपाको १ जना पनि प्रतिनिधि हुनु हुन्न। देशको सहरी भागमा रास्वपाको संगठन पुगेको छ तर दुर्गम गाउँ भाग सम्म भने पुगेको छैन जहाँ अझै पुराना दलको दबदबा छ। यसको मतलब हामी अड़झै ८-१० वर्ष केही गर्न सक्दैनौ। यो कुराको समाधान निर्वाचनबाट कसरी हुन्छ सोच्नु भएको छ? कृपया बताइदिनुस्।

![]()
४. सायद यो भन्दा देशले न्याय पाउने पक्का तरिका भनेको जनताका छोरा-छोरी, जन युद्ध पछि भएको प्रक्रिया जस्तै सडक संसद भएर नागरिक सरकार गठन गरेर संविधान संशोधन गरी जाँदा कस्तो होला? यसरी देशले निकास पाउने सुनिश्चित छ कृपया एक पटक सोच्नु होला।
५. १८४ सिट जित्ने हामीलाई आधार र राष्ट्रिय सभामा आफ्नो प्रतिनिधि नहुँदा, देशलाई न्याय दिन संविधान सुधार कसरी गर्न सकिन्छ भनिदिनु भयो भने, म सब कुरा छोडेर तपाईहरूको चुनावी सहयोगमा लाग्छु। तर आधार देखाउन सक्नुहुँदैन भने, असम्भव, निर्वाचन पछिको निकास भनेर आशा नदेखाऊँ। आउनुस सँगै मिलेर नेपालमा नागरिक सरकार बनाऔं र संविधान संशोधन गरी नेपालीलाई न्याय दिएर मात्र निर्वाचनमा जाऔं।
६. तपाईहरुको एकता हतारमा भयो, मन, धारणा मिलेर भयो कि चुनाबी हतारले हो त्यो प्रश्ननै छ। मन मुटावहुनु मान्छेमा हुने प्राकृतिक गुणहो, हतारको एकता यदी चुनाब पछि फुट्ने हो भने हामी जनता घरको न घाटको हुन्छौं।










