२०८२ माघ २६ सोमबार
२०८२ माघ २६ सोमबार

रास्वपाको कार्यक्रम कुलमान समूहले गर्‍यो बहिष्कार

पोखरा ।

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार पोखरामा गण्डकी प्रदेशस्तरीय सदस्य भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रम गर्‍यो ।

यही पुस १४ गते रास्वपाका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जामन्त्री कुलमान घिसिङबीच ‘बृहत् एकता’को सहमति भएको थियो । त्योभन्दा अगाडि उज्यालो नेपालबाट कुलमानले संगठन विस्तारलाई तीव्रता दिएका थिए ।

उक्त सहमतिपछि कुलमान पनि रास्वपाको नेता बनेका छन् । तीनै पक्षबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक उमेदवारतर्फ भागबन्डा समेत गरिएको छ ।

तर, शनिबार रास्वपाको प्रदेशस्तरीय कार्यक्रममा कुलमान पक्षका नेता–कार्यकर्ता उपस्थित भएनन् । उज्यालो नेपालको संगठन विस्तारमा खटिएकाहरू रास्वपाको कार्यक्रममा देखिएनन् ।

कुलमान निकट एक नेता भन्छन्, “हाम्रो चाहिँ पुस १४ गतेपछाडि एकताको कुरा भइसकेपछि सबै रोकिएको छ । आन्तरिक काम पनि रोकिएको छ । समायोजनको कुरा छ, कार्यदल बनेको छ, त्यसको कार्यविधि बनिसकेको छैन । त्यो नसकिँदासम्म न यता न उता ।”

पार्टी समायोजन नटुंगिएका कारण रास्वपाको कार्यक्रममा जाने/नजाने भन्नेमा उज्यालो नेपालका नेता–कार्यकर्ता दोधारमा छन् । “भोलि हामी एकीकरण भएर जाने हो । उहाँहरूले आधिकारिक रूपमा खबर पनि गर्नु भएन । अर्को कुरा, उहाँहरूको पूर्वनिर्धारित कार्यक्रम हो । हामी संक्रमणकालमा नै छौँ,” ती नेताले भने ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।