२०८२ माघ २६ सोमबार
२०८२ माघ २६ सोमबार

रवि किरण हमाल सुर्खेत–१ बाट प्रतिनिधिसभाका लागि सिफारिस

काठमाडौँ । जेन्जी आन्दोलनबाट उदाएका युवा नेता रवि किरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

 

राप्रपाले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हमाललाई पार्टीभित्र उदाउँदै गरेका प्रभावशाली र सम्भावनाशील युवामध्ये एकका रूपमा अघि सारेको जनाएको छ। पार्टीका अनुसार, समसामयिक राजनीतिक बहसमा सक्रिय उपस्थिति, वैचारिक स्पष्टता र संगठनात्मक क्षमताका आधारमा उनलाई सिफारिस गरिएको हो।

 

एक दशकदेखि निरन्तर व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका हमाल पछिल्लो समय जेन्जी आन्दोलनमा अग्रणी भूमिकामा देखिएका थिए। उनले शासकीय स्वरूप र सार्वजनिक संस्थाहरूको पुनर्संरचनाको मुद्दालाई जबरजस्त अगाडि बढाएका थिए। युवाहरूको राजनीतिक चेतना र सहभागिता विस्तारमा उक्त आन्दोलनले खेलेको भूमिकासँगै हमालको राजनीतिक उचाइ उल्लेखनीय रूपमा बढेको विश्लेषण गरिन्छ।

 

राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका हमाल सार्वजनिक बहसमा सशक्त प्रस्तुति र स्पष्ट दृष्टिकोणका कारण चिनिएका युवा नेता हुन्। उनको सिफारिसलाई सुर्खेतमा नयाँ पुस्ताको राजनीतिक प्रतिनिधित्व र पुस्तान्तरणको बहससँग जोडेर हेरिएको छ।

 

आगामी निर्वाचनमा हमाल सुर्खेत–१ मा विगत तीन दशकदेखि निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग प्रतिष्पर्धामा उत्रिने सम्भावना देखिएको छ। पुस्तान्तरणको बहस तीव्र बन्दै गएको वर्तमान सन्दर्भमा राष्ट्रिय पहिचान बनाइसकेका युवा नेताका रूपमा हमालले सुर्खेत–१ मा बलियो राजनीतिक पकड जमाउन सक्ने आँकलन गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।